दिल्लीका मेयरले बिहार चुनाउमा मतदान गर्ने अपील गरे
दिल्लीका मेयरले बिहार चुनाउमा मतदान गर्ने अपील गरे


नयाँ दिल्ली, 6 नोभेम्बर (हि.स.)। दिल्लीका मेयर राजा इकबाल सिंहले बिहार विधानसभा चुनाउको पहिलो चरणमा मतदाताहरूसित घरबाट निक्लेर भोट गर्ने अपील गरे। मेयर सिंहले बिहीवार सोशल मीडिया एक्समा पोस्ट गरे, लोकतन्त्रको यो महापर्वले बिहारको उज्जवल भविष्यको आधार राख्नेछ।

उनले भने, हरेक भोटले बिहारको उज्जवल भविष्यको दिशा तय गर्नेछ। सबै मतदाताहरूसित निवेदन छ कि परिवार, समाजतथा प्रदेशको प्रगतिको लागि घरबाट निक्लौं अनि मतदान गरौं।

पहिलो पटक मतदान गर्ने युवा मतदाताहरूलाई बधाई दिँदै उनले भने, पहिलो पटक मतदान गर्ने युवा साथीहरूलाई विशेष शुभकामना, तपाईको भोट परिवर्तनको शुरूआत हो।

मेयरले भने, विकास, विश्वास एवं सुशासनको निरन्तर यात्राको लागि एऩडीए सरकारलाई भोट गरौं। उल्लेखनीय छ, बिहारमा आज पहिलो चरणको मतदान भइरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande