बंगालमा एसआईआरः तेस्रो पक्षद्वारा फारम वितरणमाथि चुनाउ आयोग कठोर, बीएलओलाई नोटिस
बंगालमा एसआईआरः तेस्रो पक्षद्वारा फारम वितरणमाथि चुनाउ आयोग कठोर, बीएलओलाई नोटिस


कोलकाता, 06 नोभेम्बर (हि.स.)। पश्चिम बंगालमा मतदाता सूचीको विशेष गहन पुनरीक्षण (एसआईआर) अभियानको पहिलो चरणमा बूथ लेभल अधिकारी (बीएलओ)-द्वारा तेस्रो पक्षको माध्यमबाट एन्युमरेशन फारम वितरण गरिएको सिकायत हात लागेपछि निर्वाचन आयोगले कड़ा कदम उठाएको छ। चुनाउ आयोगले स्पष्ट रूपमा भनेको छ, यसप्रकारको लापरवाही र नियम उल्लंघनमाथि कड़ा कारबाही गरिनेछ।

मुख्य निर्वाचन अधिकारी कार्यालयका अधिकारी अनुसार कतिपय मामिलाहरूमा बीएलओका आफन्तहरूलाई फारम वितरण गर्दै गरेको पाइएको छ जसको सम्बन्ध स्थानीय राजनीतिक गतिविधिहरूसित पनि रहेको छ। पश्चिम मेदिनीपुर जिल्लाको दासपुर विधानसभा क्षेत्रमा बीएलओ ऋतुपर्णा हाजराविरूद्ध सिकायत प्राप्त भएको छ, उनको सट्टा उनका पति असिम हाजरा जो तृणमूल कंग्रेसका नेता रहेको बताइएको छ,-ले फारम वितरण गरिरहेका थिए। सिकायतको जाँच गरेपछि बीएलओलाई कारण बताऊ नोटिस जारी गरिएको छ र सन्तोषजनक जवाफ नआए नियमहरू अनुरूप अनुशासनात्मक कारबाही हुनेछ।

सूत्रले बतायो, यस्ता अन्य मामिलाहरूको पनि सिकायत प्राप्त भएको छ जसको जाँच जारी छ। साथै यो पनि सामु आएको छ, केही बीएलओहरूले मतदाताहरूको घर-घरमा जानको सट्टा कुनै एउटा स्थानमा बसेर मानिसहरूबाट फारम भराउने काम गरिरहेकका छन् जुन आयोगको दिशा-निर्देशविरुद्ध छ। यसमाथि पनि मुख्य निर्वाचन अधिकारी कार्यालयले बीएलओहरूलाई चेताउनी दिएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande