
कोलकाता, 06 नोभेम्बर (हि.स.)। पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यानर्जीले बिहीवार सोशल मीडियामा एउटा पोस्ट साझा गरी एसआईआरसित सम्बन्धित खबरहरूलाई शिराबाटै खारेज गरिदिइन्। उनले स्पष्ट रूपमा भनिन्, फारम भर्ने सम्बन्धमा जुन खबर फैलिएको छ, त्यो पूर्ण रूपले झुटो, भ्रामक र राजनीतिक रूपले प्रेरित छ।
मुख्यमन्त्रीले लेखिन्, “हिजो मेरो क्षेत्रमा नियुक्त बीएलओ आफ्नो निर्धारित कामको लागि आएका थिए। तिनी मेरो कार्यालयमा पनिआए अनि केही मतदाताहरूलाई फारम सुम्पिदिए। तर जबसम्म बंगालको हरेक व्यक्तिले फारम भर्दैन, तबसम्म म फर्ने छुइनँ। न मैले कुनै फारम भरेकी छु, न भर्नेछु।”
ममता ब्यानर्जीले यो पनि भनिन्, केही मीडिया संस्थान तथा अखबारहरूले यो झुटो खबर प्रकाशित गरेका छन् कि उनले आफ्नो घर बाहिर निक्लेर बीएलओबाट स्वयं फारम भरिन्। उनले यसलाई “पूर्ण रूपले मिथ्या, भ्रामक र उद्देश्यपूर्ण प्रचार” बताइन्।
मुख्यमन्त्रीको यो पोस्ट त्यसबेला आएको छ जतिबेला राज्यमा एसआईआर प्रक्रियालाई लिएर राजनीतिक माहोल बाफिएको छ। तृणमूल कंग्रेसले लगातार यस प्रक्रियालाई लिएर केन्द्र सरकार र चुनाउ आयोगमाथि राजनीतिक पक्षपात गरेको आरोप लगाइरहेको छ भने भाजपाको दाबी छ, यो प्रक्रिया पूर्ण रूपले पारदर्शी र नियमित हो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा