लालबजार नजिक गोदाममा भयानक आगलागी, दमकलका पाँच वटा वाहन घटनास्थलमा
लालबजार नजिक गोदाममा भयानक आगलागी, दमकलका पाँच वटा वाहन घटनास्थलमा


कोलकाता, 07 नोभेम्बर (हि.स.)। व्यस्त अफिस समयमा बिहीवार बिहान कोलकाता पुलिस मुख्यालय लालबजार निकट एक गोदाममा भीषण आगो लाग्यो जसले गर्दा क्षेत्रमा भाग-दौड़ मच्चियो। ट्रान्सपोर्ट बिल्डिंग सामु अवस्थित यस पुरानो गोदामबाट उड़िरहेको कालो धुँवाले सम्पूर्ण क्षेत्रलाई आफ्नो चपेटमा लियो। आगोलाई निभाउनको लागि दमकलको पाँचवटा वाहनहरू घटनास्थलमा आइपुगेका छन् भने अझ थप इञ्जीन पठाउन विभाग तयार भएको छ।

प्राथमिक जाँचमा थाहा लागेको छ, गोदाममा भारी मात्रामा केलिकल, प्लास्टिकका सामग्री तथा मोटर स्पेयर पार्ट्स राखिएको थियो जसले गर्दा आगो द्रूत गतिमा फैलियो। आशंका व्यक्त गरिँदैछ, शर्ट सर्किटको कारणलो एयर कण्डिशन सिस्टम बिग्रियो अऩि आगो बल्यो। गोदाममा अग्नि सुरक्षाको पर्याप्त प्रबन्ध नभएको कारणले स्थिति अझ गम्भीर बन्न पुग्यो।

आगलागी भएको भवन पुरानो तीनतले रहेको बताइएको छ। यसको भुइँतला सामानहरूले भरिएको थियो। धुँवा अत्यधिक घना र विषालु भेको कारणले दमकलकर्मीहरूलाई भित्र प्रवेश गर्नमा कठिनाई भइरहेको छ। त्यसैले बाहिरबाटै अधिक मात्रामा पानी लगाएर आगोलाई नियन्त्रण गर्ने प्रयास भइरहेको छ। दमकल अधिकारीहरू अनुसार पानीको उपलब्धता पनि एउटा चुनौती भएको छ।

सम्पूर्ण परिसर गोदाम भए पनि अहिलेसम्ममा कुनै प्रकारको मानव क्षति भएको समाचार प्राप्त भएको छैन। तर विषाक्त ग्यासको प्रसारले खतरा बढ़ेको छ। केही दमकलकर्मीहरूलाई भित्र पसे पनि बाहिर आउन परिरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande