
नयाँ दिल्ली, 6 नोभेम्बर (हि.स.)। दिल्लीका पर्यावरण मन्त्री औ स्थानीय विधायक मनजिन्दर सिंह सिरसाले बिहीवार राजौरी गार्डनमा केही विकास कार्यहरूको लोकार्पण गरे। उनले नयाँ सीवर लाइन, वाटर लाइन्स, ब्यांकलाइन, नयाँ सड़क तथा बाउण्ड्री वाललाई जनताप्रति समर्पित गरे। साथै प्रदूषणको प्रभावकारी ढंगमा सामना गर्नको लागि झण्डी देखाएर स्मोक गन्सलाई प्रस्थान गराए।
मन्त्री सिरसाले एक्समा पोस्ट गर्दै भने, द्रूत गतिमा भइरहेको यो विकास मुख्यमन्त्री रेखा गुप्ताको सशक्त नेतृत्व अनि मार्गदर्शनको परिणाम हो। राजौरी गार्डनको हरेक क्षेत्रमा बुनियादी सुविधाहरूलाई श्रेष्ठ रूप दिनको लागि लगातार काम भइरहेकोछ। विकासको यो गति निरन्तर जारी रहनेछ। उनले भने, काम देखाउनको लागि मात्र होइन धरातलीय स्तरमा परिणाम दिने किसिमको भएको छ। यस्तै सोंच लिएर उनी राजौरी गार्डनका जनताको सेवामा पूर्ण निष्ठा पूर्वक समर्पित भएका छन्।
मन्त्री सिरसाले भने, प्रदूषण अब केही हदसम्म नियन्त्रित भइसकेको छ। 5 नोभेम्बरको दिन पछिल्लो दश वर्षको तुलनामा सबैभन्दा स्वच्छ रह्यो। पर्यावरण विभाग, दिल्ली नगरनिगम, जल बोर्ड, दिल्ली लोक निर्माण विभाग औ अन्य सबै एजेन्सीहरूले मिलेर काम गरिरहेका छन्। विपक्षले निश्चय पनि प्रश्न उठाउनेछ, किनभने जसले दिल्लीलाई दश वर्षसम्म बर्बाद बनायो, उनीहरूलाई यो वास्तविकता अपाच्य भइरहेको छ किदिल्लीको हावामा सुधार आइरहेको छ र प्रदूषणको आँकड़ा घट्दो छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा