बंगालमा एसआईआरको एन्युमरेशन फारम अब अनलाइन पनि उपलब्ध, चुनाउ आयोगले दियो विस्तृत जानकारी
बंगालमा एसआईआरको एन्युमरेशन फारम अब अनलाइन पनि उपलब्ध, चुनाउ आयोगले दियो विस्तृत जानकारी


कोलकाता, 06 नोभेम्बर (हि.स.)। पश्चिम बंगालमा मतदाता सूचीको विशेष गहन पुनरीक्षण (एसआईआर) अभियान अन्तर्गत अब एन्युमरेशन फारम अऩलाइन पनि उपलब्ध रहनेछ। बिहीवर बिहानदेखि मतदाताहरूले चुनाउ आयोगको आधिकारिक वेबसाइट तथा मोबाइल एपको माध्यमबाट फारम डाउनलोड गरिरहेका छन् भने यसलाई भर्न पनि सकिन्छ। यसबाट ती मानिसहरूले राहत पाउनेछन् जो बूथ लेवल अधिकारियों (बीएलओ)-बाट सोझै फारम प्राप्त गर्न असमर्थ छन्, विशेष गरेर ती मतदाताहरू जो नोकरी वा अन्य कारणले राज्यदेखि बाहिर बस्छन्।

चुनाउ आयोग अनुसार अनलाइन फारमसम्म पहुँच मुख्य निर्वाचन अधिकारी, पश्चिम बंगालको वेबसाइटको माध्यमबाट सम्भव हुनेछ। यस अतिरिक्त आयोगको मोबाइल एप ‘ईसीआइनेट’-मा पनि यो सुविधा दिइएको छ। तकनिकी कमी-कमजोरीहरूको कारणले यो सुविधा गए मंगलवारदेखि शुरू हुन सकेन, तर बुधवारदेखि फारम अनलाइन उपलब्ध भइसकेको छ।

एकजना वरिष्ठ अधिकारीले बताए, फारम डाउनलोड गरेपछि त्यसलाई अफलाइन जस्तै भर्नुपर्छ अनि निर्धारित प्रक्रिया अनुरूप पोर्टलमा अपलोड गर्नुपर्छ। अपलोडको विस्तृत गाइडलाइन पोर्टलमा उपलब्ध हुनेछ।

अर्कोतिर बीएलओहरूले राज्यभरि नै घर-घरमा गएर फारम वितरण गरिरहेका छन् भने मतदाताहरूबाट आवश्यक जानकारी एकत्र गरिरहेका छन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande