अलिपुरद्वारमा एसआईआरको समीक्षा बैठक आरम्भ, चुनाउ आयोगको टीमले गर्नेछ धरातलीय निरीक्षण
अलिपुरद्वारमा एसआईआरको समीक्षा बैठक आरम्भ, चुनाउ आयोगको टीमले गर्नेछ धरातलीय निरीक्षण


अलिपुरद्वार, 06 नोभेम्बर (हि.स.)। पश्चिम बंगालमा भइरहेको विशेष गहन पुनरीक्षण (एसआईआर) प्रक्रियाको निगरानी औ समीक्षा गर्नको लागि वरिष्ठ उपनिर्वाचन आयुक्त ज्ञानेश भारती तथा राज्यका मुख्य निर्वाचन अधिकारी मनोज कुमार अग्रवालले बिहीवार अलिपुरद्वारमा समीक्षा बैठक शुरू गरे।

आयोगको टीम गए बुधवार राती अलिपुरद्वार आइपुगेको छ। अधिकारीहरू अनुसार बैठक अवधि एसआईआर प्रक्रिया अवधि देखा पर्ने मुद्दाहरूलाई चिन्हित गरियोस्। साथै उनीहरूले बीएलओ (बूथ लेभल अधिकारी) तथा मतदाताहरूसित प्रत्यक्ष चर्चा गरेर धरातलीय स्थितिको मूल्यांकन गर्नेछन्।

अधिकारीहरूले बताए, आयोगको टीमले बिहीवार अलिपुरद्वारको भ्रमण गर्नेछ जसपश्चात अपरान्ह कुचबिहार तर्फ प्रस्थान हुनेछ। शुक्रवार यो दलले जलपाईगुड़ी र दार्जीलिङ जिल्लाको भ्रमण गर्नेछ।

चुनाउ आयोगको यस सक्रिय निगरानीलाई मतदाता सूची पुनरीक्षणको पारदर्शिता औ विश्वसनियता सुनिश्चित गर्ने दिशामा एक महत्वपूर्ण कदम मानिँदैछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande