
कोलकाता, 6 नोभेम्बर (हि.स.)। बंगालमृा उत्तरको चिसो हावा र सफा आकाशले मिलेर जाड़ोको आगमनको संकेत दिरहेको छ। यस वर्ष जाड़ोको शुरूआत पनि तूफानी हुने आशा छ।
कोलकातामा न्यूनतम र अधिकतम तापमानमा स्पष्ट ह्रास दर्ता गरिएको छ। साथै हावामा नमीको मात्रा पनि घटेको छ। मौसम विभागानुसार समुद्र तटीय क्षेत्रहरू बाहेक पश्चिम बंगालका अधिकांश भागमा आकाश सफा र घाम लागिरहेको छ। सप्ताहन्तसम्ममा तापमन अझ घट्नसक्ने अनुमान छ।
बिहीवार बिहान कोलकाताको न्यूनतम तापमान 21.9 डिग्री सेल्सियस दर्ता गरियो जुन सामान्यभन्दा 0.3 डिग्री कम हो। बुधवार अधिकतम तापमान 29.8 डिग्री सेल्सियस थियो जुन सामान्यभन्दा 1.3 डिग्री कम हो। हावामा अधिकतम आद्रता 91 प्रतिशत र न्यूनतम 48 प्रतिशत रह्यो। मौसम विशेषज्ञहरू अनुसार आगामी 24 घण्टाभित्रमा दिन र रातको तापमान अझ घट्नसक्छ अनि आद्रता पनि 50 प्रतिशत घट्नेछ।
उत्तर बंगालमा तापमान घट्न शुरू भएको छ। दार्जीलिङमा सप्ताहको अन्तसम्ममा रातको तापमान 7-8 डिग्री सेल्सियससम्म पुग्नसक्छ। उत्तरी मैदान र तराई क्षेत्रहरूमा मौसम रमाइलो हुने सम्भावना छ।
अर्कोतिर पूर्व-मध्य बंगालको खाड़ीमा विकसित निम्न दबावको क्षेत्र अबकमजोर भएर एक चक्रवातीय परिसंचरणमा परिणत भएको छ जुन उत्तर बंगलादेश र म्यानमार तर्फ अग्रसर भएको छ। यसको पश्चिम बंगालमा खासै प्रभाव पर्दैन।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा