पचास हजार इनामी गौतस्कर पक्राउ
पचास हजार इनामी गौतस्कर पक्राउ


प्रयागराज, 06 नोभेम्बर (हि.स.)। उत्तर प्रदेशको प्रयागराज जिल्लामा धूमनगंज एवं एसओजीको संयुक्त पुलिस टीमले रविन्द्र पासी हत्या मामिलामा फरार पचास हजार इनामी गौतस्करलाई बेली गाउँमा बिहिवार भोर बिहान छापा मारेर पक्राउ गऱ्यो। यो जानकारी पुलिस उपायुक्त नगर मनीष कुमार शान्डिल्यले दिए।

उनले बताए, पक्रा परेको आरोपी प्रयागराज जिल्लाको पूरामुफ्ती थाना क्षेत्रको रसूलपुर मरियाडीह निवासी नूरैन पुत्र झरीमुल्ला उर्फ हाकिम अली हो। आरोपी विरूद्ध धूमनगंज थानामा रविन्द्र पासीको हत्याको मुद्दा दर्ता छ। घटना भएदेखि उ फरार थियो। पुलिसले आऱोपीलाई लगातार खोजीरहेको थियो। गए दिन भएको भिड़न्तमा अन्धकारको फायदा उठाउँदै उ भागेको थियो। जसपछि उलाई समाउन पचास हजार रूपियाँको पुरस्कार राखियो।

नगरको एसओजी र धूमनगंज थानाको संयुक्त पुलिस टीमले खबरीको सूचनामा बेली गाउँमा छापा मारेर नुरैनलाई पक्राउ गऱ्यो। उ विरूद्ध विधिक कारबाही गरिँदैछ। उलाई न्यायालयमा पेश गरेपछि जेल पठाइनेछ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande