अमेरिकन कम्पनीमा काम गर्ने कन्सल्टेन्टको अनियन्त्रित बाइक डिवाइडरसित ठोकियो, मृत्यु
अमेरिकन कम्पनीमा काम गर्ने कन्सल्टेन्टको अनियन्त्रित बाइक डिवाइडरसित ठोकियो, मृत्यु


गौतमबुद्ध नगर, 06 नोभेम्बर (हि.स.)। थाना फेस-तीन क्षेत्रको सेक्टर 67 निकट गए राति एक अमेरिकन कम्पनीमा काम गर्ने कन्सल्टेन्टको मोटरसाइकल अनियन्त्रित भएर डिवाइडरसित ठोकियो। यस घटनामा उलाई गम्भीर चोट लाग्यो। उसका दुई साथीले गम्भीर अवस्थामा उलाई उपचारको निम्ति नोएडाको जिल्ला अस्पतालमा भर्ती गराए, जहँ डाक्टरहरूले उलाई मृत घोषित गरे।

थाना फेस-तीनका प्रभारी निरीक्षकले बताए, गए राति प्रभात पुत्र करमपाल (30) मोटरसाइकलमा गइऱहेको थियो। सेक्टर 67 निकट उसको तीव्र गतिमा गइरहेको बाइक अनियन्त्रित भएर डिवाइडरसित ठोकियो। यस घटनामा उलाई गम्भीर चोट लाग्यो। उलाई उसका दुई साथी तुषार र अभिषेकले उपचारको निम्ति नोएडाको जिल्ला अस्पतालमा भर्ती गराए। जहाँ उपचार भइरहेको समय उसको मृत्यु भयो।

घटनाको सूचना पाएर घटनास्थलमा पुगेको पुलिसले आज बिहान शवलाई आफ्नो कब्जामा लिएर पोस्टमार्टमको निम्ति पठाएको छ। मृतक नोएडा स्थित एक अमेरिकन कम्पनीमा कन्सल्टेन्टको रूपमा काम गर्थ्यो। मृतकका परिजनहरूलाई घटनाको सूचना दिइएको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande