
प्रय़ागराज, 06 नोभेम्बर (हि.स.)। उत्तर प्रदेशको प्रयागराज जिल्ला स्थित घूरपुर थाना क्षेत्रमा गहुँको खेतमा बिहिवार किशोरीको शव फेला परेको छ। किशोरीको गला रेटेर हत्या गरिएको छ। सूचना पाएर घटनास्थलमा पुगेको पुलिस टीमले शवलाई आफ्नो कब्जामा लिएर जाँच शुरू गरेको छ।
पुलिस उपायुक्त यमुनानगर विवेकचन्द्र यादवले बताए, घूरपुरको काँटी गाउँमा सरिता (15) को शव आज गहुँको खेतमा फेला परेको छ। घटनाको सूचनामा घटनास्थलमा पुगेको पुलिस टीमले शवलाई आफ्नो कब्जामा लिएर जाँच शुरू गरेको छ। घटनास्थलमा फोरेन्सिक टीम पनि पुगेको छ र साक्ष्य जुटाइरहेको छ। प्रथम दृष्टया किशोरीको गला रेतेर हत्या गरिएको छ। परिवारबाट शिकायत पाएपछि मात्र यस सम्बन्धमा मुद्दा दर्ता गरी अग्रिम कारबाही गरिनेछ।
हिन्दुस्थान समाचार / भवानी थामी