
पश्चिम मेदिनीपुर, 6 नोभेम्बर (हि.स.)। पश्चिम मेदिनीपुर जिल्लाको घाटाल महकुमा अन्तर्गत दासपुर-दुई ब्लकको गोछाती ग्राम पञ्चायत क्षेत्रको 169 नम्बर बूथमा चुनावी प्रक्रियालाई लिएर ठूलो विवाद उत्पन्न भएको छ। आरोप छ, बूथकी महिला बीएलओ ऋतुपर्णा हाजराको सट्टा उनका पति र स्थानीय तृणमूल नेता असीम हाजराले मतदाता सूची संशोधन कार्य अवधि घर-घरमा गए एन्यूमरेशन फारम वितरण गरिरहेका थिए।
यस घटनालाई लिएर क्षेत्रमा राजनीतिक खैलाबैला तीव्र भएको छ। भाजपाले यस सम्बन्धमा चुनाउ आयोगमा भीडियो सहित लिखित सिकायत दर्ता गराएको छ। सिकायतमा भनिएको छ, सरकारी कर्मचारीको सट्टा एकजना राजनीतिक दलसित जोड़िएका व्यक्तिद्वार मतदाता कार्य गरिनु चुनाउ आचार संहिताको गम्भीर उल्लंघन हो।
को लेकर इलाके में राजनीतिक हलचल तेज हो गई है। भाजपा ने इस पर राज्य चुनाव आयोग में वीडियो सहित लिखित शिकायत दर्ज कराई है। शिकायत में कहा गया है कि सरकारी कर्मचारी की जगह एक राजनीतिक दल से जुड़े व्यक्ति द्वारा मतदाता कार्य करना चुनाव आचार संहिता का गंभीर उल्लंघन है।
दासपुर विधानसभा क्षेत्रका भाजपा नेता प्रशान्त बेराले बताए, “ गत मंगलवार महिला बीएलओ स्वयं फारम वितरण गर्न आइनन्। बुधवार उनका पति असिम हाजराले घर-घरमा गएर फारम वितरण गर्न शुरू गरे। हामीले रोक्दा पनि उनले हामीलाई धम्काउने चेष्टा गरे। त्यसपछि हामीले बीडीओलाई लिखित सिकायत दियौं।”
मामिलालाई गम्भीर रूपमा लिँदै घाटालका एसडीओ सुप्रभात चट्टोपाध्यायले भने, “सिकायत पाउनसाथ जाँच गर्ने आदेश दिइएको छ। बीडीओलाई रिपोर्ट तयार गर्न भनिएको छ। सम्बन्धित बीएलओलाई शो-कज नोटिश जारी गरिनेछ।”
यता दासपुर-दुई ब्लकका बीडीओ प्रवीर कुमार शीतले पुष्टि गर्दै भने, “निर्वाचन आयोगको नियम अन्तर्गत उक्त बीएलओविरूद्ध कारबाही गरिनेछ।”
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा