16 नोभेम्बरदेखि '41औं अल इण्डिया गवर्नर गोल्ड कप इन्टरनेशनल फुटबल टुर्नामेन्ट'शुरू हुने
16 नोभेम्बरदेखि '41औं अल इण्डिया गवर्नर गोल्ड कप इन्टरनेशनल फुटबल टुर्नामेन्ट'शुरू हुने


एसएफए प्रतिनिधिमण्डलद्वारा राज्यपालसॅंग भेट, आयोजनबारे जानकारी गरायो

गान्तोक, 06 नोभेम्बर (हि.स.)। सिक्किम फुटबल संघ (एसएफए) का अध्यक्ष मेनला इथेन्पाको अगुवाईमा आज एसएफएका कार्यकारी सदस्यहरूले राजभवनमा सिक्किमका राज्यपाल ओमप्रकाश माथुरसॅंग शिष्टाचार भेट गरे। यस अवसरमा एसएफए प्रतिनिधिमण्डलले आगामी '41औं अल इण्डिया गवर्नर गोल्ड कप इन्टरनेशनल फुटबल टुर्नामेन्ट' को आयोजनबारे जानकारी दिॅंदै राज्यपाललाई समारोहमा आमन्त्रित गरे।

राजभवनले आज जानकारी गराए अनुसार, यो टुर्नामेन्ट आगामी 16 नोभेम्बर, 2025 देखि शुरू भएर 29 नोभेम्बर, 2025 मा समाप्त हुनेछ। यस टुर्नामेन्टमा दे​श-विदेशका कूल 16 प्रसिद्ध फुटबल दलले भाग लिइरहेका छन्। अध्यक्ष इथेन्पाले राज्यपाललाई आयोजनको तयारी, प्रतिभागी टिमहरू र कार्यक्रमको रूपरेखाबारे अवगत गराए।

राज्यपाल माथुरले आयोजन समितिलाई शुभकामना दिॅंदै भने, गवर्नर गोल्ड कपको माध्यमले सिक्किम खेल पर्यटनको क्षेत्रमा एक प्रेरणास्रोत बनेर अघि आइरहेको छ। उनले आयोजनको सफलताको कामना गर्दै आयोजकलाई सहयोगको आश्वासन दिए।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande