कथावाचक धीरेन्द्र शास्त्रीको कार्यक्रमलाई लिएर कछारमा बैठक सम्पन्न
कथावाचक धीरेन्द्र शास्त्रीको कार्यक्रमलाई लिएर कछारमा बैठक सम्पन्न


कछार (असम), 06 नोभेम्बर (हि.स.)। वन दुर्गा मन्दिर, हाथीछोड़ा चिया बगानको तत्वावधानमा कछार जिल्लाको बागेश्वर धामका आचार्य धीरेन्द्र कृष्ण शास्त्रीको भव्य कार्यक्रम आयोजना गर्ने तयारी शुरू गरिएको छ। यस सिलसिलामा बिहीवार मन्दिर प्रांगणमा ज्योतिषाचार्य पण्डित आनन्द शास्त्रीको अध्यक्षतामा एक बैठक सम्पन्न गरियो जसमा कार्यक्रमको रूपरेखामाथि विस्तारपूर्वक चर्चा गरियो।

विश्व हिन्दू परिषदका क्षेत्रीय अधिकारी पूर्णचन्द मण्डलले भने, परिषद, बजरंग दल, दुर्गा वाहिनी सहित सबै हिन्दू संगठनहरू यस कार्यक्रमलाई ऐतिहासिक बनाउनमा सक्रिय भूमिका निर्वाह गर्नेछन्।

हाथीछोड़ा चिया बगानका महाप्रबन्धक महेश सिंहले श्रद्धालुहरूलाई एकजुट भएर कार्यक्रमलाई सफल तुल्याउने आह्वान गरे। बैठकमा स्थानीय विधायक मिहिर कान्ति सोम, मृदुल मजुमदार, गोलक ग्वाला, प्रमोद शर्मा, विवेक पोद्दार, मिठुन नाथ, प्रदीप बनिक, डा. रीता सिंह, राजन कुँवर, सुमन्त भट्टचार्य, विवेकानन्द देव पुरकायस्थ तथा अम्लान बर्मन आदि गणमान्य व्यक्तिहरूले आ-आफ्नो विचार राखे अनि कार्यक्रमलाई सक्रिय सहयोग दिने आश्वसन दिए।

विश्व हिन्दू परिषद असमका प्रदेश अध्यक्ष औ वरिष्ठ अधिवक्ता शान्तनु नायकले आफ्नो समापन वक्तव्यमा भने, हामी सबैको लागि यो गर्वको विषय हो कि हामीलाई आचार्य धीरेन्द्र शास्त्रीको यस दिव्य आयोजनको अंगबन्न अवसर प्राप्त भइरहेको छ।

सभाको संचालन वरिष्ठ पत्रकार एवं सामाजिक कार्यकर्ता दिलीप कुमारले गरेका थिए। अन्तमा आचार्य आनन्द शास्त्रीको प्रस्तावमा एुटा संयोजक समितिको गठनलाई सर्वसम्मतिले स्वीकृत गरियो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande