सिकन अध्यक्ष डा मंगलजित राईले केन्द्रिय मन्त्री अमित शाहसॅंग भेट गरे
Mangaljit rai


गान्तोक, 06 नोभेम्बर (हि.स.)। सिक्किम राज्य सहकारी संघ (सिकन) का अध्यक्ष तथा उत्तर पूर्व राज्य सहकारी संघ मञ्च (एनईएससीयूएफ) का प्रमुख संयोजक डा. मंगलजित राईले बुधवार साँझ नयाँ दिल्लीको अटल अक्षय ऊर्जा भवनमा केन्द्रिय गृह तथा सहकारी मन्त्री अमित शाहसॅंग भेट गरे।

यस भेटको क्रममा डा. राईले केन्द्रिय मन्त्रीलाई मुख्यमन्त्री पीएस तामाङको दूरदर्शी नेतृत्वमा सिक्किममा चलिरहेको सहकारी आन्दोलनको प्रगति र उल्लेखनीय उपलब्धिहरूको बारेमा जानकारी गराए। उनले सिक्किममा सहकारी आन्दोलनलाई अगाडि बढ़ाउन सिक्किम सरकारका ग्रामीण विकास तथा सहकारी मन्त्री अरुण उप्रेती र सचिव एवं पीआरसीएस जबी थापाको संलग्नता र निरन्तर सहयोगको बारेमा पनि प्रकाश पारे।

डा. राईले प्रधानमन्त्री र केन्द्रिय गृहमन्त्रीको 'सहकार से समृद्धि' को दृष्टिकोणलाई सिक्किममा समुदायमा आधारित र समावेशी सहकारी विकास मोडेलहरू मार्फत प्रभावकारी रूपमा कार्यान्वयन भइरहेको अवगत गराए, जसले तृणमूल स्तरमा आत्मनिर्भरता र दिगो विकासलाई बढावा दिन्छ। उनले हालै सिक्किममा आयोजित पहिलो उत्तरपूर्वी राज्य सहकारी संघ मञ्चको सफल आयोजनको बारेमा जानकारी गराउॅंदै मञ्चको विस्तृत प्रतिवेदन प्रस्तुत गरे।

डा. राईले सिक्किममा उत्तरपूर्वी सहकारी उत्कृष्टता प्रशिक्षण केन्द्र स्थापनाको लागि औपचारिक प्रस्ताव पेश गरे। उनले आगामी राष्ट्रिय सहकारी सम्मेलन र महिला संवादमा प्रमुख अतिथिको रूपमा सहभागी हुन केन्द्रिय मन्त्री शाहलाई आधिकारिक निमन्त्रणा दिए। शाहले निमन्त्रणा स्वीकार गर्दै आगामी राष्ट्रिय सहकारी कार्यक्रममा भाग लिन आफ्नो गहिरो रुचि व्यक्त गरेको बताइएको छ।

केन्द्रिय मन्त्री शाहले सिक्किम र उत्तर पूर्वी क्षेत्रमा सहकारी आन्दोलनलाई सुदृढ पार्न र पुनरुत्थान गर्न डा. मंगलजित राई र उनको टोलीको अटल समर्पण र दूरदर्शी नेतृत्वको प्रशंसा गरे। उनले सिक्किम राज्य सहकारी संघ र उत्तर पूर्व राज्य सहकारी संघ मञ्चको सहयोग मन्त्रालयले परिकल्पना गरेको राष्ट्रिय सहकारी विकास एजेन्डासँग क्षेत्रीय सहकारी गतिविधिहरूलाई पङ्क्तिबद्ध गर्न सक्रिय पहलहरूको लागि गरेको प्रयासको पनि प्रशंसा गरेको बताइएको छ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande