
प्रयागराज, 06 नोभेम्बर (हि.स.)। उत्तर प्रदेशको प्रयागराज जिल्ला स्थित सोराव थाना क्षेत्रको कमलानगर चौरस्ता निकट बुधवार अबेर राति मोटरसाइकल सवार युवकको अज्ञात वाहनसित ठक्कर हुँदा मृत्यु भयो। सूचना पाएर घटनास्थलमा पुगेको पुलिस टीमले शवलाई आफ्नो कब्जामा लिएर विधिक कारबाही गऱ्यो।
पुलिस उपायुक्त गंगानगर कुलदीप सिंह गुनावतले बिहिवार बताए, बहरिया थाना क्षेत्रको बनतरिया गाउँ निवासी सुशील कुमार यादव (39) पुत्र घनश्याम यादव गए अबेर राति मोटरसाइकलमा आफ्नो घर गइऱहेका थिए। बाटोमा सोराव थाना क्षेत्रमा कमलानगर चौरस्ता निकट अज्ञात वाहनको ठक्करले उनको घटनास्थलमै मृत्यु भयो। सूचना पाएर घटनास्थलमा पुगेको पुलिस टीमले शवलाई आफ्नो कब्जामा लिएर परिवारलाई घटनाको जानकारी दियो र शवलाई पोस्टमार्टमको निम्ति पठायो। परिवारबाट शिकायत लिएर यस सम्बन्धमा मुद्दा दर्ता गरी विधिक कारबाही गरिनेछ।
हिन्दुस्थान समाचार / भवानी थामी