
मालदह, 06 नोभेम्बर (हि.स.)। जिल्लाको चांचलमा विशेष एसआईआर प्रक्रिया अवधि एउटा ठूलो विवाद उत्पन्न भएको छ। आरोप छ, एकजना बीएलओले मतदाताहरूको घर-घरमा फारम वितरण गर्नको सट्टा तृणमूल कंग्रेसकी पञ्चायत प्रमुखको घरमा बसेर एन्युमरेशन फारम वितरण गरिन्। घटना चांचलको श्रीरामपुर क्षेत्रको बूथ नम्बर-241 मा भएको हो।
आरोप छ, यस बूथका बीएलओ आलोक चक्रवर्तीले तृणमूलकी पञ्चायत प्रधान झरना दास बर्मनको घरमा बसेर एन्युमरेशन फारम वितरण गरिरहेका थिए। भाजपाले उक्त आरोपको समर्थनमा एउटा भीडियो पनि सार्वजनिक गरेको छ जुन बिहीवार द्रूत गतिमा भाइरल भइरहेको छ। तथापि हिन्दुस्थान समाचार-ले यो भीडियोको सत्यताको पुष्टि गर्दैन।
भाजपाले प्रश्न उठाएको छ, जब चुनाउ आयोगले बीएलओले हरेक मतदाताको घरमा पुगेर फारम दिनुपर्छ भनेर स्पष्टरूपमानिर्देशदिइसकेकोछ, फेरि पञ्चायत प्रधानको घरबाट यो काम किन गरिँदैछ। पार्टीले बीएलओको निष्पक्षतामाथि गम्भीर प्रश्न उठाएको छ।
यद्यपि बीएलओ आलोक चक्रवर्तीले सबै आरोपलाई अस्वीकार गरेका छन्। उनको भनाइ छ, उनले फारम वितरण गर्नको सट्टा फारमहरूलाई व्यवस्थित बनाइरहेका थिए। तृणमूल कंग्रेसले पनि यस मामिलालाई विपक्षको राजनीतिक नाटक-को संज्ञा दिएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा