मणिपुरः हतियारहरू र विस्फोटकहरूको भण्डार जफत
मणिपुरः हतियारहरू र विस्फोटकहरूको भण्डार जफत


चुराचान्दपुर, 06 नोभेम्बर (हि.स.)। सुरक्षाबलहरूले मणिपुरको चुराचान्दपुर जिल्लामा खोजी अभियानमा प्रचुर मात्रामा हतियार र विस्फोटक जफत गरेको छ।

पुलिसले बिहिवार जानकारी गरायो, जफत गरिएको सामग्रीमा एक 7.62 मिमी एसएलआर राइफल, एक एके-56 राइफल, एक एम4ए1 एमके II राइफल (यूबीजीएल सहित), चार एसएलआर म्याग्जीन, तीन एके-56 म्याग्जीन, दुई एम4ए1 म्याग्जीन, एक देशी एके म्याग्जीन, 99 एसएलआर राउण्ड, 151 एके-56 राउण्ड, एक लेथोड र आठ लेथोड ग्रेनेड सामेल छ।

सुरक्षा अधिकारीहरूले बताए, यो अभियान विशिष्ट गोप्य सूचनाहरूको आधारमा शुरू गरिएको थियो। यी सामग्री जफत हुनु क्षेत्रमा अवैध हतियारहरूको आवाजाही र आतङ्कवादी गतिविधिहरूमाथि अंकुश लगाउनका लागि सुरक्षाबलहरूद्वारा गरिरहेको प्रयासहरूलाई दर्शाउँछ। हतियारहरूको श्रोतको पत्तो लगाउने र यस भण्डारसित जोड़िएका मानिसहरूको पहिचान गर्न अगाड़ी जाँच जारी छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande