वन्दे मातरम् भारतको आत्माको प्रतीक : खरगे
Congress president Kharge criticizes Modi government's economic policies


नयाँ दिल्ली, ७ नोभेम्बर (हि.स.)। राष्ट्रगीत वन्दे मातरमका १५० वर्ष पूरा भएको अवसरमा कांग्रेस अध्यक्ष मल्लिकार्जुन खरगेले शुक्रबार ‘एक्स’ मा आफ्नो सन्देश साझा गर्दै भने, यो गीत भारतको सामूहिक चेतनाको प्रतीक हो, जसले स्वतन्त्रता आन्दोलनलाई नयाँ दिशा दिएको थियो।

आफ्नो सन्देशमा उनले लेखे, बंकिमचन्द्र चट्टोपाध्यायद्वारा रचित वन्दे मातरम् भारत माताको भावना तथा देशको एकता र विविधताको उत्सव हो। सन् १८९६ मा कोलकातामा भएको कांग्रेस अधिवेशनमा वन्दे मातरम् पहिलो पटक सार्वजनिक रूपमा गुरुदेव रविन्द्रनाथ ठाकुरले गाएका थिए। यो क्षणले स्वतन्त्रता आन्दोलनमा नयाँ ऊर्जा भरिदियो।

उनले भने, बंगाल विभाजनदेखि लिएर स्वतन्त्रता आन्दोलनको अन्तिम चरणसम्म यो गीत देशभर गुञ्जिरह्यो। लाला लाजपत रायका प्रकाशनदेखि लिएर भीकाजी कामाको झण्डा तथा रामप्रसाद बिस्मिलको ‘क्रान्ति गीताञ्जली’ सम्ममा वन्दे मातरम् स्वतन्त्रताको नारा बनेको थियो।

उनले लेखे, कांग्रेस पार्टी वन्दे मातरम् र जन-गण-मन दुबैलाई गर्वका साथ गाउॅंछ, किनकि यी गीतहरू भारतको एकता, विविधता र राष्ट्रिय गौरवका प्रतीक हुन्।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande