मोदी-नीतीशको सरकारले बिहारबाट नक्सलवादलाई समाप्त गरी विकासको बाटोमा ल्याउने काम गऱ्यो- अमित शाह
अमित


पटना, 07 नोभेम्बर (हि.स.)। बिहार विधानसभा चुनाउमा पहिलो चरणको मतदानपछि राजनीतिक दिग्गजहरूले दोस्रो चरणमा आफ्नो शक्ति लगाएका छन्। यही क्रममा केन्द्रिय गृहमन्त्री अमित शाहले शुक्रवार जमुईमा राष्ट्रिय जनतान्त्रिक गठबन्धन (राजग) उम्मेदवारको पक्षमा एक जनसभालाई सम्बोधित गरे औं मानिसहरूको समर्थन मागे।

जनसभालाई सम्बोधित गर्दै अमित शाहले भने, पहिले नक्सलीहरूको गढ़ मानिने जमुईले आज विकासको नयाँ अध्याय कोरिरहेको छ। यो त्यही जमुई हो, जुन रातो आतङ्कको छायामा थियो। यो त्यही जमीन थियो, जहाँ नक्सलीहरूले आफ्नो ठेगाना बनाएका थिए तर आज प्रधानमन्त्री नरेन्द्र मोदी र नीतीश कुमारको डबल इन्जिन सरकारले नक्सलवादलाई पूर्ण रूपमा समाप्त गरी विकासको मार्गमा ल्याउने काम गरेको छ।

अमित शाहले भने, पहिले बिहारका धेरै जिल्लाहरूमा भयको माहोल यति थियो कि दिउँसो तीन बजीसम्म नै मतदान गराइँथ्यो। अब साझँ 5 बजीसम्म मतदान हुन्छ किनभने डरको वातावरण समाप्त भएको छ। उनले लालू-राबड़ी शासनमाथि तीखो हमला गर्दै भने, त्यस समय जन्ती आएको बेला, असूलीको निम्ति मानिसहरू पेस्तोल लिएर पुग्नेगर्थे। अपहरण, फिरौती र नरसंहार साधारण कुरा थियो। यही थियो, त्यस समयको बिहार। त्यही जंगलराजले राज्यका फ्याक्ट्रीहरू र कारोबार बन्द गरायो र बिहारलाई गरीबीतिर धकेल्यो।

उनले भने, बिहार सुशासनदेखि विकासको मार्गमा अगाड़ी बढ़िरहेको छ। बिहारका जनताले ठूलो स्वरमा चुनाउको पहिलो चरणमै जंगलराज भेष बद्लेर, लुगा बद्लेर र अनुहार बद्लेर आउनु चाहन्छ तर हामी त्यसलाई आउनदिनेछैनौं भनी घोषणा गरेको छ। जमुईको जनतालाई सतर्क गराउँदै उनले भने, यदि तपाईदेखि अलिकति पनि भूल भए फेरि जंगलराज आउनेछ।

गृहमन्त्रीले भऩे, प्रधानमन्त्री नरेन्द्र मोदीले 10 वर्षभित्र बिहारको हरेक कुनामा इन्फ्रास्ट्रक्चर बनाएऱ, रोड, पुल, पुलिया, बिजुलीको कारखाना, उखुको फ्याक्ट्रीहरू, इथेनोल र मलको फ्याक्ट्री लगाएर विकासको शुरूआत गरेको छ। आगामी 5 वर्ष बिहारलाई विकसित बनाउनुछ। हिजो मात्र चुनाउको पहिलो चरणको मतदान समाप्त भएको छ र लालू-राहुलको पार्टीको पत्ता साफ भएको छ। अब जमुईमा पनि उनको खाता खोलिनेछैन। यहाँका सबै चारै सीट राजगको खातामा जानेछ। जमुईमा महागठबन्धनका उम्मेदवारहरूलाई हराउनुछ, उनीहरूको खाता खोलिनु हुँदैन। जनतासित अपील गर्दै उनले भने, यहाँका सबै चारै सीट राजगको खातामा आउनुपर्छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande