दिल्लीको आईजीआई एयरपोर्टमा एटीसीमा गड़बड़ी, 100 भन्दा धेरै उड़ानहरू प्रभावित
दिल्ली


नयाँ दिल्ली, 07 नोभेम्बर (हि.स.)। राष्ट्रिय राजधानी इन्दिरा गान्धी अन्तरराष्ट्रिय (आईजीआई) एयरपोर्टमा शुक्रवार खैलाबैलाको माहोल देखियो। एयर ट्राफिक कन्ट्रोल (एटीसी) सिस्टममा तकनीकी खराबी आएको कारण 100 भऩ्दा धेरै उड़ानहरू प्रभावित भए।

दिल्ली एयरपोर्टका अधिकारीहरूले एटीसीमा तकनीकी समस्याको कारण आईजीआईएमा उड़ानहरूमा भइरहेको बाधाको निम्ति खेद व्यक्त गरे, जसबाट उड़ान संचालन प्रभावित भइरहेको छ। एयरपोर्ट अथोरिटीले उड़ानहरूमा भएको ढिलाईमा जारी एक एडवाइजरीमा बतायो, उसको टीम डायल (दिल्ली अन्तरराष्ट्रिरय हवाई अड्डा लिमिटेड) सहित सबै हितधारकहरूको साथ मिलेर यस समस्याको छिटोभऩ्दा छिटो समाधान निकाल्न सक्रिय रूपमा काम गरिरहेको छ। विलम्ब भएका उड़ानहरूमा सवार यात्रीहरूसित धैर्य बनाई राख्ने अनुरोध गरिएको छ। एयर इण्डिया एयरलाइन्सको तर्फबाट यात्रीहरूलाई बताइयो, छिट्टै नै परिचालन सामान्य हुने सम्भावना छ।

बयानमा भनिएको छ, दिल्लीमा एटीसी सिस्टममा आएको एक तकनीकी समस्याले सबै एयरलाइनहरूको उड़ान संचालनलाई प्रभावित गरिरहेको छ, जसबाट हवाई अड्डा र विमानमा ढिलाई र लामो प्रतिक्षा गरिरहनु परिरहेको छ। यस अप्रत्याशित व्यवधानको कारण भएको असुविधाको लागि हामी खेद प्रकट गर्दछौं, जुन हाम्रो नियन्त्रणदेखि बाहिर छ र हामी तपाईको धैर्यको सराहना गर्दछौं। हाम्रा क्याबिन क्रू र हवाई अड्डामा उपस्थित कर्मचारीहरूले यात्रीहरूको असुविधालाई कम गर्न तत्काल सहायता प्रदान गरिरहेका छऩ्। साथै हवाई अड्डामा जान अगाड़ी https://airindia.com/in/en/manage/flight-status.html मा आफ्नो उड़ानको स्थिति जाँच्ने अऩुरोध गरिएको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande