
वन्दे मातरम्—सम्पूर्ण राष्ट्रलाई जोड्ने मन्त्र
लखनऊ, ७ नोभेम्बर (हि.स.)। राष्ट्रगीत ‘वन्दे मातरम्’का १५० वर्ष पूरा भएको उपलक्ष्यमा शुक्रबार लोकभवनमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले भने, वन्दे मातरम् भारतको आजादीको एक अमर मन्त्र बनिसकेको थियो। विदेशी शासनद्वारा दिइने असंख्य यातनाहरूका बाबजुद स्वतन्त्रता सेनानी तथा क्रान्तिकारीहरू यस गीतसँग जोडिएर गाउँ–गाउँमा प्रभातफेरीमार्फत जागरण गरिरहेका थिए।
मुख्यमन्त्रीले भने, १८७५ मा रचित यो गीत स्वतन्त्रता आन्दोलनलाई अगाडि बढाउन अत्यन्त सहायक भयो। यसमा कुनै एक वर्ग विशेषको महिमामण्डन गरिएको छैन। वन्दे मातरम् सम्पूर्ण राष्ट्रलाई जोड्ने मन्त्र बन्यो। सन् १९०५ मा जब ‘बङ्ग-भङ्ग’ को रूपमा भारतलाई टुक्रा पार्ने प्रयास भयो, त्यस कठिन समयमा क्रान्तिकारिहरूको मुखबाट केवल ‘वन्दे मातरम्’ नै निस्कन्थ्यो। वन्दे मातरम् सम्पूर्ण भारतलाई एक सूत्रमा बाध्ने मन्त्र बन्न पुगेको छ। यो केवल गीत मात्र होइन, भारतलाई नयाँ दिशा दिने, देशको सामूहिक चेतनालाई जागृत गर्ने र राष्ट्रियता पैदा गर्ने शक्तिशाली माध्यम हो। वन्दे मातरम् हामी सबैलाई हाम्रा कर्तव्यहरूको प्रति सजग र आग्रही बनाउँछ।
बंकिमचन्द्र चट्टोपाध्यायलाई नमन गर्दै योगी आदित्यनाथले भने, वन्दे मातरम् क्रान्तिकारिहरूको शक्ति थियो। वन्दे मातरम् एक शक्तिशाली नारा हो। यो हाम्रो शान, देशको पहिचान हो। यही गीतले भारतलाई एकताबद्ध गरेको छ।
सभागारमा उपस्थित सबैले सामूहिक रूपमा ‘वन्दे मातरम्’ गायन गरे। यस अवसरमा मुख्य सचिव एस.पी. गोयल, प्रमुख सचिव गृह संजय प्रसाद, पुलिस महानिदेशक राजीव कृष्णसहित ठूलो सङ्ख्यामा अधिकारीहरूको उपस्थिति थियो।
हिन्दुस्थान समाचार / भवानी थामी