
पटना, 8 नोभेम्बर (हि.स.)। बिहारका 18 वटा जिल्लाहरूका 121 वटा विधानसभा क्षेत्रहरूमा प्रथम चरणको मतदान सफलतापूर्वक सम्पन्न भएको छ। राज्य निर्वाचन आयोगले यस मतदानमा अन्तिम मतदान प्रतिशत 65.08 प्रतिशत दर्ता गरेको छ।
उल्लेखनीय छ, बिहार विधानसभा चुनाउ- 2020 मा राज्यको औसत मतदान प्रतिशत 57.29 तथा लोकसभा चुनाउ- 2024 मा यो 56.28 प्रतिशत थियो। पछिल्ला दुई चुनाउहरूको तुलनामा यसपालि मतदान प्रतिशतमा वृद्धि दर्ता गरिएको छ।
बिहार विधानसभा चुनाउ- 2020 मा 57.29 प्रतिशत थियो भने 2025- मा यो बढ़ेर 65.08 प्रतिशत पुग्यो अर्थात मतदानमा 7.79 प्रतिशत वृद्दि दर्ता गरिएको छ। यसरी नै लोकसभा चुनाउ-2024 मा मतहरूको प्रतिशत 56.28 प्रतिशत थियो जसबाट 8.8 प्रतिशत वृद्धि दर्ता गरिएको छ।
निर्वाचन आयोगले बतायो, प्रथम चरण अन्तर्गत पर्ने सबै विधानसभा निर्वाचन क्षेत्रहरूमा स्क्रुटिनीको प्रक्रिया भारत निर्वाचन आयोगद्वारा नियुक्त प्रेक्षकहरूहरूको उपस्थितिमा नियमानुसार सफलतापूर्वक सम्पन्न भएको छ। स्क्रुटनीमा सबै जिल्लामा 83 जना उम्मेद्वार र 358 जना निर्वाचन अभिकर्ता सम्मिलित भए। यसरी यो मोठ संख्या 468 पुग्यो। कुनै पनि मतदान केन्द्रमा पुनः मतदानको कुनै आवश्यकता परेन तथा यस सम्बन्धमा कुनै प्रतिकूल रिपोर्ट प्राप्त भएको छैन।
मतदानमा प्रयोग गरिएका सबै ईभीएम (ब्यालेट यूनिट, कन्ट्रोल यूनिट एवं भीभीप्याट सहित)-लाई त्रिस्तरीय सुरक्षा व्यवस्थाको साथमा सम्बन्धित विधानसभा क्षेत्रहरूको स्ट्रंग रूममा विधिवत रूपमा सील गरेर सुरक्षित राखिएको छ। यस अतिरिक्त सीसीटीभी आदिको प्रावधान पनि सुनिश्चित गरिएको छ।
उल्लेखनीय छ, मतगणना 14 नोभेम्बर, 2025-मा निर्धारण गरिएको छ। प्रथम चरणमा सबै मतदान केन्द्रहरूमा शान्तिपूर्व अनि व्यवस्थित मतदान सम्पन्न भयो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा