
नयाँ दिल्ली, 08 नोभेम्बर (हि.स.)। दिल्लीको रोहिणी क्षेत्रमा रिठाला मेट्रे स्टोशन नजिक झोपड़ी बस्तीमा गए शुक्रवार राती आगो लाग्यो। हेर्दा-हेर्दै आगोले विकराल रूप धारण गऱ्यो अनि क्षणभरमै सयकड़ौं झोपड़ीहरू जलेर स्वाहा भयो। यस अवधि ग्यास सिलेण्डर पनि विस्फोट भयो।यस घटनाको सम्बन्धमा अहिलेसम्ममा कुनै आधिकारिक बयान जारी गरिएको छैन। घटनामा एकजना मानिसको मृत्यु भयो भने अर्को जलेर घाइते भए।
दमकल विभागलाई गए शुक्रवार राती लगभग साढ़े दश बजे आगो लागेको सूचना प्राप्त भयो। केही वाहनहरूलाई घटनास्थलमा पठाइयो। दुई दर्जनभन्दा अधिक फायर टेण्डरहरूलाई आगो निभाउनमा खटाइयो। स्थानीय पुलिस र प्रशासनका टीमहरू पनि घटनास्थलमा पुगे। प्रशासनले वरपरका क्षेत्रहरूलाई खाली गराएर मानिसहरूलाई सुरक्षित स्थानमा पुऱ्यायो।
दमकल अधिकारी एसके दुआले बताए, हामीलाई रिठाला स्टेशन र दिल्ली जल बोर्डको बीचमा अवस्थित बंगाली बस्तीको झोपड़ीमा आगो लागेको सूचना प्राप्त भयो। दमकल वाहनहरूलाई घटनास्थलमा पठाइयो। 29 वटा दमकल घटनास्थलमा पुगेर आगोलाई नियन्त्रण गर्न जुट्यो। दमकलकर्मीहरूको प्रयासले भोर बिहानसम्ममा आगोलाई पूर्ण रूपले नियन्त्रण गरिसकिएको थियो। यस दुर्घटनामा राजेश (30) जलेर घाइते भएका छन् जसलाई सफदरजंग अस्पतालमा भर्ती गरिएको छ भने मुन्ना (30)-को शव भेटिएको छ। पुलिस सूत्रानुसार 200भन्दा अधिक झोपड़ीहरूमा आगो लागेको थियो। हाल जाँच भइरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा