कुपवाड़ाको केरन सेक्टरमा घुसपैठ प्रयास असफल, दुई आतङ्कवादी मारिए
Kupwara


कुपवाड़ा, ८ नोभेम्बर (हि.स.)। काश्मीरको कुपवाड़ा जिल्लास्थित केरन सेक्टरमा सीमा पारबाट घुसपैठ गर्न खोज्ने आतङ्कवादीहरूको प्रयास सुरक्षाबलले असफल पार्दै दुई आतङ्कवादीलाई मारेको छ। सेनाका अधिकारीहरूले शनिबार यसबारे जानकारी दिएका छन्।

भारतीय सेनाको चिनार कोर्प्सले ‘एक्स’ मा लेखेको छ, चलिरहेको अभियानमा सुरक्षाबलले दुई आतङ्कवादीलाई मारेका छन् र क्षेत्रको खोजी अभियान जारी छ।

सुरक्षा एजेन्सीहरूलाई आतङ्कवादीहरूको योजनाबद्ध घुसपैठ प्रयासबारे प्राप्त विशेष सूचनापछि संयुक्त अपरेशन शूरु गरिएको थियो। सैनिकहरूले सीमाक्षेत्रमा सन्दिग्ध गतिविधि देखे र आतङ्कवादीहरूले अन्धाधुन्ध गोलीबारी शुरु गरेपछि भिडन्त भयो।

अधिकारीहरूका अनुसार, अपरेशन अझै जारी छ र सुरक्षाबलले सम्पूर्ण क्षेत्रको व्यापक सर्च अपरेशन सञ्चालन गरिरहेको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande