
कोलकाता, 08 नोभेम्बर (हि.स.)। पश्चिम बंगालमा भइरहेको मतदाता सूचीको विशेष गहन पुनरीक्षण (एसआईआर) अभियान उल्लेखनीय गतिमा अगाड़ि बढ़िरहेको छ। राज्यका मुख्य निर्वाचन अधिकारी (सीईओ) कार्यालयद्वारा जारी आँकड़ा अनुसार गए शुक्रवार राती 8:00 बजेसम्ममा राज्यभरिका 3.04 करोड़भन्दा अधिक एन्यूमरेशन फारमलाई घर-घरमा वितरण गरिसकिएको छ। यो अभियान गत 4 नोभेम्बरदेखि शुरू भएको थियो भने मात्र चार दिनमै यसले उल्लेखनीय प्रगति गरेको छ।
आयोग अनुसार राज्यका सबै 294 विधानसभा क्षेत्रहरूमा तैनाथ लगभग 80 हजार 6 सय 61 बूथ स्तरीय अधिकारी (बीएलओ)-हरूले मतदाताहरूको घर-घरमा पुगेर दुई-दुई प्रति एन्युमरेशन फारम वितरण गरिरहेका छन्। यसमध्ये एउटा प्रति मतदाता समक्ष सुरक्षित राखिन्छ भने दोस्रो प्रति निर्वाचन आयोगको अभिलेखको निम्ति जमा गरिन्छ।
मुख्य निर्वाचन अधिकारीको कार्यालयले बतायो, पछिल्लो 24 घण्टाभित्रमा अभियानको गतिमा विशेष वृद्धि दर्ता गरिएको छ। गत बिहीवार राती 8 बजेसम्ममा 2.01 करोड़ फारम वितरण गरिएको थियो जुन शुक्रवार साँझसम्ममा बढ़ेर 3.04 करोड़भन्दा अधिक पुगेको छ। आयोगको भनाइ छ, यो वृद्धि बीएलओ नेटवर्कको सक्रियता अनि क्षेत्रीय प्रशासनको समन्वित प्रयासहरूको परिणाम हो।
अधिकारीहरूले बताए, यसपालि एसआईआर अभियान विशेष रूपमा व्यापक छ, किनभने पश्चिम बंगालमा यो प्रक्रिया 23 वर्षपछि गरिँदैछ। वर्ष 2002-पश्चात यो पहिलो अवसर हो जतिबेलामतदाता सूचीको पूर्ण पुनरीक्षणको लागि राज्य स्तरमा व्यापक रूपमा फारम वितरण गरिँदैछ। प्रत्येक प्राप्त विवरणको गहन निगरानी तथा सत्यापन गरिँदैछ ताकि मतदाता सूचीलाई अद्यतन र त्रुटि मुक्त बनाउन सकियोस्।
यसबीच कतिपय जिल्लाहरूबाट बीएलओर राजनीतिक दलहरूका बूथ स्तरीय कार्यकर्ताहरूमाथि हमलाका छुटपुट घटनाहरू प्रकाशमा आएका छन्। निर्वाचन आयोगले यी घटनाहरूमाथि गम्भीर संज्ञान लिँदै सम्बन्धित जिल्ला प्रशासनसित रिपोर्ट मागेको छ। अधिकारीहरूले स्पष्ट पारेका छन्, कुनै पनि प्रकारको बाधा वा हिंसालाई सहन गरिनेछैन र यो सुनिश्चित गरिनेछ कि प्रत्येक योग्य नागरिकसम्म प्रपत्र सुरक्षित रूपमा पुगोस्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा