प्रधानमन्त्री ९ नोभेम्बरमा उत्तराखण्ड राज्य स्थापना रजत जयन्ती समारोहमा सहभागी हुने
PM Narendra Modi


नयाँ दिल्ली, ८ नोभेम्बर (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदी ९ नोभेम्बरका दिन उत्तराखण्ड राज्य स्थापना रजत जयन्ती समारोहमा सहभागी हुनका लागि उत्तराखण्डको दौरा गर्नेछन्। यस अवसरमा प्रधानमन्त्रीले एउटा स्मारक हुलाक टिकट सार्वजनिक गर्ने र समारोहलाई सम्बोधन गर्ने कार्यक्रम छ।

प्रधानमन्त्री कार्यालयका अनुसार, यस अवसरमा प्रधानमन्त्री मोदीले राज्यमा ८,१४० करोड रुपियाँभन्दा बढीका विकास परियोजनाहरूको उद्घाटन र शिलान्यास गर्नेछन्। तीमध्ये ९३० करोड रुपियाँका परियोजनाहरूको उद्घाटन र ७,२१० करोड रुपियाँका योजनाहरूको शिलान्यास हुनेछ। यी परियोजनाहरू पेयजल, सिंचाई, प्राविधिक शिक्षा, ऊर्जा, शहरी विकास, खेलकुद र सीप विकासजस्ता प्रमुख क्षेत्रसँग सम्बन्धित छन्।

प्रधानमन्त्रीले फसल बीमा योजनाअन्तर्गत २८ हजारभन्दा बढी किसानका खातामा सिधै ६२ करोड रुपियाँको सहयोग रकम हस्तान्तरण गर्नेछन्। जस परियोजनाको उद्घाटन गरिनेछ, तिनमा अमृत योजना अन्तर्गत देहरादूनमा २३ जोनका लागि खानेपानी आपूर्ति योजना, पिथौरागढ जिल्लामा विद्युत् उपकेन्द्र, सरकारी भवनहरूमा सौर ऊर्जा संयन्त्र र नैनीतालको हल्द्वानी स्टेडियममा एस्ट्रो टर्फ हकी मैदान समावेश छन्।

प्रधानमन्त्रीले जस प्रमुख योजनाहरूको शिलान्यास गर्नेछन्, तीमध्ये देहरादूनका लागि १५० एमएलडी खानेपानी उपलब्ध गराउने सोंग ड्याम ड्रिंकिङ वाटर परियोजना र नैनीताल जिल्लाको जमरानी ड्याम बहुउद्देश्यीय परियोजना प्रमुख छन्, जसले पेयजल, सिंचाई र विद्युत उत्पादनमा सहयोग पुर्‍याउनेछ। त्यस अतिरिक्त, महिला खेल कलेज (चम्पावत) र अत्याधुनिक डेरी प्लान्ट (नैनीताल) जस्ता परियोजनाहरूको पनि आधार राखिनेछ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande