
श्रीनगर, 12 दिसम्बर (हि.स.)। जम्मू-कश्मीरकी पूर्व मुख्यमन्त्री औ पीपुल्स डेमोक्रेटिक पार्टी पीडीपीकी प्रमुख महबूबा मुफ्तीले आरोप लगाइन्, देशभरिका 35 लाखभन्दा अधिक सम्पत्तिहरू हराइसकेका छन् जसमध्ये जम्मू-कश्मीरबाट मात्रै नयाँ उमीद डेटाबेसबाट 7240 प्रविष्टी हराइसकेको छ। यस्तो कमी-कमजोरीले वक्फ सम्पत्तिको पारदर्शिता अनि सुरक्षामाथि गम्भीर प्रश्न उठान गर्दछ। हिंसा, तोड़फोड़, मानवाधिकारदेखि वञ्चित गर्ने सिलसिला सहित वक्फ भूमिको क्षरण हुनु भनेको मुसलमानहरूविरूद्ध अर्को आघात जस्तै हो।
उमीद डेटाबेसले पछिल्लो वर्ष र यस वर्षको वक्फ सम्पत्तिहरूबीच रहेको अन्तरलाई दर्शाउँछ। मुफ्तीद्वारा पोस्ट गरिएको स्क्रीनशट अनुसार महाराष्ट्र, अण्डमान एवं निकोबर द्वीपसमूह, दिल्ली तथा तेलंगानालाई छाड़ी जहाँ वक्फ सम्पत्ति पछिल्लो वर्षको तुलनामा वृद्धि भएको छ, अन्य सबै राज्य अनि केन्द्रशासित प्रदेशहरूमा नकारात्मक अन्तर देखिन्छ जसबाट यो आभास हुन्छ कि एक वर्षमा वक्फ समपत्तिमा ठूलो ह्रास आएको छ। यी सम्पत्तिहरूमा सबैभन्दा अधिक वृद्धि महाराष्ट्रमा देखिएको छ जहाँ पछिल्लो वर्षको तुलनामा वक्फ सम्पत्तिमा 26238- को वृद्धि भएको छ।
बिहारमा सुन्नी र शिया मुस्लिम दुवैको सम्पत्तिमा बितेको एक वर्षमा वृद्धि दर्ता गरिएको छ। बिहारमा सुन्नी वक्फ सम्पत्तिमा एक वर्षमा 3117 वृद्धि भएको छ भने शिया मुस्लिम वक्फ सम्पत्तिमा 3,470 वृद्धि भएको छ।
सबैभन्दा अधिक हराएको घटना उत्तर प्रदेशको वक्फ सम्पत्तिमा देखिएको छ भने सबैभन्दा कम चण्डीगढ़मा। उत्तर प्रदेशमा शिया मुस्लिम वक्फ सम्पत्तिमा 8901 -ह्रास आएको छ भने सुन्नी मुस्लिम वक्फ सम्पत्तिमा 1,30,816- को ह्रास आएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा