
गान्तोक, 13 दिसम्बर (हि.स.)। रानीपुल थाना क्षेत्र अन्तर्गत एक व्यक्तिलाई प्रतिबन्धित नशालु पदार्थको साथमा पक्राउ गरिएको छ। पक्रा पर्ने व्यक्तिको नाम सुदर्शन छेत्री बताइएको छ। 26 वर्षीय आरोपी राक्दोङ तिन्तेक निवासी हुन्।
पुलिस रिपोर्टमा उल्लेख गरिएअनुसार, विश्वसनीय सूत्रको सूचनाको आधारमा सुदर्शन छेत्रीलाई पक्राउ गरिएको छ। उनी एउटा वाहनमा सिलगढ़ीबाट गान्तोक यात्रा गरिरहेका थिए। रानीपुल थानामा वाहन रोकेर गरिएको जॉंच अवधि आरोपी व्यक्तिबाट 119 ग्राम ब्राउन शुगर जफत गरिएको छ।
पुलिसले एनडीपीएस एक्ट, 1985 अन्तर्गत मामिला दर्ता गरेको छ। यस सम्बन्धमा जॉंच जारी रहेको बताइएको छ।
हिन्दुस्थान समाचार / बिशाल