
सोनादा, 13 दिसम्बर (हि.स.)। सोनादादेखि पचेङ रंगमूक सिडर्स मुण्डा मुख्य मार्गको निर्माण कार्य आगामी 15 दिसम्बर सोमबारदेखि शुरू हुने भएको छ। उक्त रोड निर्माणको कार्य शुरु हुने भएकाले क्षेत्रको जनसाधारण लागायत गाड़ी चालक, मालिकवर्गमा पनि कुनै प्रकारको असुविधा नहोस् भनी समय तालिका सबैको सल्लाह अनुरूप तयार गरिएको छ।
उक्त रोडको निर्माण कार्यलाई लिएर लोवर सोनादास्थित भूतपूर्व सैनिक वेलफेयर एसोसिएशनको कार्यालयमा सभा सम्पन्न भयो। सभामा यस क्षेत्रको विभिन्न चालक संगठनहरुका प्रतिनिधिहरु साथै विभिन्न समाजका प्रतिनिधिहरु उपस्थित रहेका थिए। सभामा क्षेत्रीय सभासद अनोश थापा लगायत अन्यहरु पनि उपस्थित रहेका थिए।
सभाको निर्णय अनुसार बिहान 9.30 बजीदेखि 12.30 बजी सम्म बाटो पूर्णरूपमा बन्द रहनेछ। यसका साथै, बिहान 9.30 बजीभित्र बाटो खुल्ला रहनेछ। दिउँसो 12.30 बजीदेखि 1.30 बजीसम्म खाना खाने छुट्टी रहनेछ भने सो समय बाटो खुल्ला रहनेछ। यस अतिरिक्त, दिउँसो 1.30 बजीदेखि 4.30 बजीसम्म बाटो पूर्ण रूपमा बन्द रहनेछ। उक्त समय तालिका सबैलाई पालन गरिदिन अनुरोध गरिएको छ।
हिन्दुस्थान समाचार / हनोक