पुणेमा 2.75 लाखको नक्कली औषधि जफत, 8 जना विरूद्ध ममिला दर्ता
पुणेमा 2.75 लाखको नक्कली औषधि जफत, 8 जना विरूद्ध ममिला दर्ता


मुम्बई, 13 दिसम्बर (हि.स.)। महाराष्ट्रको फूड एण्ड ड्रग एडमिनिस्ट्रेशन (एफडीए)-को टीमले पुणे जिल्लाको सदाशिव पेठमा अवस्थित अक्षय फार्मामा छापा मारेर 2.75 लाख रुपियाँको नक्कली औषधिहरू जफत गरेको छ। यस मामिलामा विश्रामबाग पुलिस स्टेशनमा 8 जना मानिसहरू विरूद्ध ममिला दर्ता गरिएको छ। साथै मामिलाको गहन जाँच भइरहेको छ।

फूड एण्ड ड्रग एडमिनिस्ट्रेशनका जोइन्ट कमिश्नर गिरीश हुकारेले शनिवार बताए, उनको टीमलाई गोपनीय जानकारी प्राप्त भएको थियो कि सिक्किमको एक कम्पनी टैरेन्ट फार्मास्यूटिकल्सले बनाएको ट्रिप्सिन नामक नक्कली औषधि पुणे शहरमा बेचिरहेको छ। जानकारीको आधारमा 16 अक्टोबर, 2025- मा ड्रग इन्स्पेक्टरले सदाशिव पेठमा अक्षय फार्माको औषधि स्टकबाट टेस्टिंग र एनालिसिसको लागि स्याम्पल लिएका थिए। उक्त स्याम्पलको जाँचमा थाहा लाग्यो, अक्षय फार्माले यो औषधि दुईजना मानिसहरूबाट खरिद गरेको थियो। त्यसपछि एफडीएले बिहारको गोपालगञ्जका असिस्टेन्ट ड्रग्स कन्ट्रोलरसित कुरा गऱ्यो। असिस्टेन्ट ड्र्ग्स कन्ट्रोलरले बताए, महिवाल मेडिको प्लान्ट बन्द भइसकेको छ र त्सको लाइसेन्स 20 नोभेम्बर, 2024- मै समाप्त भइसकेको छ।

त्यसपछि एफडीएले सिक्किमको टैरेन्ट फार्मास्यूटिकल्स नामक कम्पनीसित सम्पर्क गऱ्यो। सिक्किमको कम्पनीले एउटा पत्रको माध्यमबाट बतायो, उसले यो औषधि बनाउँदैन र यो उसको होइन। यस्तो पत्र प्राप्त भएपछि एफडीएले गए राती अक्षय फार्मामा छापा मारेर 2 लाख 75 हजार रुपियाँको नक्कली औषधिहरूको भण्डारलाई नै जफ्त गरेको छ। एफडीएको टीमले यस मामिलामा विश्रामबाग पुलिस स्टेशनमा आठ जना मानिसहरू विरूद्ध मुद्दा दर्ता गरेको छ। सिक्किमको एक कम्पनीको नाममा नक्कली औषधी बनाउने, वितरण गर्ने तथा पुणेका औषधि डिलरहरू विरूद्ध मुद्दा दर्ता गरिएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande