
कोलकाता, 13 दिसम्बर (हि.स.)। कोलकाताको ऐतिहासिक भिक्टोरिया मेमोरियल औ पर्यावरणको दृष्टिले संवेदनशील मैदान क्षेत्रमा वायु प्रदूषण द्रूत गतिमा बढ़ेकोमा पर्यावरणविद् सोमेन्द्र मोहन घोषले गम्भीर चिन्ता व्यक्त गरेका छन्। उनले यस मुद्दामा केन्द्रिय पर्यावरण, वन एवं जलवायु परिवर्तन मन्त्रालय तथा पश्चिम बंगाल पर्यावरण विभागलाई पत्राचार गरी तत्काल हस्तक्षेप गर्ने माग गरेका छन्।
पर्यावरणविद्ले आफ्नो पत्रमा भनेका छन्, मैदान जसलाई कोलकाताको फोक्सो मानिन्छ, अहिलेघरि गम्भीर वायु प्रदूषणको चपेटमा परेको छ। भिक्टोरिया मेमोरियल वरपर भइरहेको मेट्रो रेल रेल प्रोजेक्टले स्थितिलाई झन् गम्भीर बनाइदिएको छ। वर्तमानमा यहाँको वायु सूचकांक 342सम्म पुगेको छ जुन ‘अत्यन्त खराब’ -देखि ‘खतरनाक’ श्रेणीमा पर्छ। उनको दाबी छ, केही अवसरहरूमा मैदान क्षेत्रको हावाको स्थिति दिल्लीभन्दा बढ़ी खराब दर्ता गरिएको छ।
सोमेन्द्र मोहन घोष अनुसार प्रदूषण बढ़्नुको पछाड़ी धेरै वटा कारणहरू छन्। मैदान तथा यस वरपरका क्षेत्रहरूमा बायोमास जलाउनु, मेट्रो निर्माण कार्य अवधि पर्यावरणीय नियमहरूलाई अदेखा गर्नु, बढ़्दो वाहन प्रदूषण औ एस्प्लेनेड बस स्ट्याण्ड नजिक सड़क किनारका दोकानहरूमा कोइला र काठको प्रयोग यसका मुख्य कारणहरू हु्न्।
उनले सुझाउ दिए, भिक्टोरिया मेमोरियल वरपर नियमित रूपमा पानीको छिड़काउ गरियोस् ताकि धूलोलाई नियन्त्रण गर्न सकियोस्। साथै मेट्रो निर्माणमा पर्यावरण अनुकूल उपायहरूलाई अप्नाउनु अनि भिक्टोरिया नजिक माँ फ्लाइओभरमा पुरानो डिजल वाहनहरूको आवागमनलाई सीमित गर्न आवश्यक छ। उनको भनाइ छ, यदि समयमै कदम उठाइएन भने स्थिति जनस्वास्थ्यको लागि गम्भीर खतरा बन्नसक्छ।
गए शुक्रवार राती पनि कोलकाताका केही स्थानहरूको वायु गुणस्तर सूचकांक 300 भन्दा माथि थियो। राती 10 बजे भिक्टोरिया मेमोरियल क्षेत्रमा सूचकांक 355 दर्ता गरियो भने जादवपुर क्षेत्रमा यो 311 रहयो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा