एनसीआर मात्र नभएर कोलकाता पनि प्रदूषणको चपेटमाः अमित मालवीयले ममता सरकारलाई घेरे
एनसीआर मात्र नभएर कोलकाता पनि प्रदूषणको चपेटमाः अमित मालवीयले ममता सरकारलाई घेरे


कोलकाता, 13 दिसम्बर (हि.स.)। भारतीय जनता पार्टी (भाजपा)-ले पश्चिम बंगालको ममता ब्यनर्जी सरकारमाथि वायु प्रदूषणलाई नियन्त्रण गर्नमा पूर्ण विफल भएको आरोप लगाएको छ।

पार्टीका सोशल मीडिया प्रभारी औ पश्चिम बंगालका सहपर्यवेक्षक अमित मालवीयले शनिवार एक्स (पूर्वमा ट्विटर) पोस्टको माध्यमबाट भने, कोलकाता पनि दिल्ली-एनसीआर जस्तै गम्भीर वायु प्रदूषणसित जुझिरहेको छ, तर यहाँ यसको लागि कुनै बहाना छैन।

मालवीयले आफ्नो पोस्टमा लेखे, एनसीआर मात्र होइन कोलकातामा पनि प्रदूषणले निसास्सिरहेको छ। पश्चिम बंगालमा मौसमी पराल जलाउने समस्या नभए पनि कोलकाता लगातार गम्भीर स्वच्छ वायुको संकटसित जुझिरहेको छ। यसले खराब शहरी योजना, अनियन्त्रित निर्माणबाट उड़्ने धूलो, वाहनहरूबाट हुने प्रदूषण, औद्योगिक उत्सर्जन औ पर्यावरण मानदण्डहरूको कमजोर क्रियान्वयनको गहिरो तथा वर्षभरि हुने समस्याहरूलाई उजागार गर्दछ।

भाजपा नेताले यस मुद्दालाई सार्वजनिक स्वास्थ्य आपतकालको संज्ञा दिँदै भने, वायु प्रदूषण कुनै मौसमी असुविधा होइन, यो एउटा गम्भीर जनस्वास्थ्य संकट हो। कोलकाता जस्तो शहर बाहिरी कारकको बहाना बिनै खतरनाक वायु गुणस्तरसित जुझ्छ भने यसले सरकारको निरन्तर विपलतालाी स्पष्ट रूपमा दर्शाउँछ।

मालवीयले ममता ब्यानर्जीको प्रशासनमाथि चर्को प्रहार गर्दै भने, यो समस्यालाई उनको सरकारको विफलताहरूको लामो सूचीमा जोड़िनुपर्छ। उनले आरोप लगाए, ममता प्रशासन अन्तर्गत पर्यावरण प्रशासन पूर्ण रूपले उपेक्षित रहेको छ। उनले यो पनि भने, नागरिकहरू स्वच्छ हावा, जवाफदेही नेतृत्व तथा निर्णायक कारबाहीका हकदार छन्, कुनै बहानाको होइन।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande