
गुवाहाटी, 13 दिसम्बर (हि.स.)। अन्तर्राष्ट्रिय सीमामा गए शुक्रवार राती कारबाही गर्द आठजना बंगलादेशी अनुप्रवेशकारीहरूलाई सीमा पारी फर्काइयो। यस सम्बन्धमा असमका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले सोशल मीडियामा जानकाकरी साझा गर्दै भने, भारतले “अतिथि देवो भवः”- को परम्परामा विश्वास गर्छ, तर राष्ट्रिय सुरक्षासित कुनै सम्झौता गर्न सकिँदैन।
मुख्यमन्त्रीले आफ्नो पोस्टमा भने, सीमा पारीका केही मानिसहरूले अतिथि देवो भवःको हाम्रो भावनालाई धेरै गम्भीर रूपमा लिए, तर उनीहरूले यो भुल्नु हुँदैन कि यस परम्परालाई कमजोरी ठान्नु हुँदैन।
डा. सरमाले एक संस्कृत श्लोकको उल्लेख गर्दै भने, बुद्धिमान र धैर्यवान शासकले अकारण संघर्ष गर्दैन, तर सम आएपछि निर्णायक र साहसिक कदम उठाउनदेखि पनि पछि पर्दैन।
मुख्यमन्त्रीले पुष्टि गरे, आठैजना अवैघ अनुप्रवेशकारीहरूलाई चिन्हित गरी उनीहरूलाई सीमा पारी पठाइएको छ। अवैध अनुप्रवेशकारीहरूविरूद्ध असम सरकारको नीति पूर्ण रूपले कड़ा छ। उनले दोहोऱ्याए, राज्यका सीमाहरूको सुरक्षा सरकारको सर्वोच्च प्राथमिकता बनिरहनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा