
पश्चिम मेदिनीपुर, 13 दिसम्बर (हि.स.)। पश्चिम मेदिनीपुर जिल्लाको बेलदा थाना अन्तर्गत श्यामपुरा क्षेत्रमा गए शुक्रवार राति राष्ट्रिय राजमार्ग-16 मा भएको मोटरसाइकल दुर्घटनामा बेलदाका एक जना युवक गम्भीर रूपमा घाइते भयो। घाइते युवकलाई पहिला बेलदा सुपर स्पेशियलिटी अस्पतालमा लगियो जहाँबाट प्राथमिक उपचारपछि मेदिनीपुर मेडिकल कलेज एवं अस्पतालमा रेफर गरियो।
प्राप्त जानकारी अनुसार घाइते युवक मोटर साइकलमा सवार भई खड़गपुरदेखि बेलदा तर्फ गइरहेको थियो। यसै क्रममा श्यामपुरा क्षेत्रमा पुगेपछि कुनै कारणवश राष्ट्रिय राजमार्गमा युवकले नियन्त्रण गुमाएको कारण बाइक दुर्घटनाग्रस्त भयो। युवक बाइकबाट सड़कमा लड़ेर गम्भीर रूपमा घाइते भयो।
सूचना पाए लगत्तै राष्ट्र्यि राजमार्ग प्राधिकरण तथा बेलदा थानाको पुलिस घटनास्थलमा पुग्यो अनि घाइते युवकलाई तत्कालै अस्पतालमा पुऱ्याउने व्यवस्था गऱ्यो। पुलिसले बतायो, घाइते युवकको नाम रोहित माकुड़ हो जो बेलदाको गंगाधर होस्टेल संलग्न क्षेत्र निवासी रहेको बताइएको छ।
पुलिस र स्थानीय सूत्र अनुसार दुर्घटनाको सठीक कारण अहिले स्पष्ट हुन सकेको छैन। पुलिसले सम्पूर्ण मामिलाको जाँच गरिरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा