
आसनसोल, 13 दिसम्बर (हि.स.)। पश्चिम बंगाल आसनसोलको नर्थ विधानसभास्थित झिंगड़ी टोल क्षेत्रमा आयोजित एआईएमआईएमको सभामा पार्टीका पश्चिम बर्दवान जिल्लाध्यक्ष दानिश अजिजमाथि सभामा उपस्थित केही मानिसहरूले एकपछि अर्को गर्दै केही अण्डाहरूको वर्षा गराए साथै ढुङ्गाले पनि प्रहार गरे।
प्राप्त जानकारी अनुसार गए शुक्रवार साँझ आसनसोलस्थित नर्थ विधानसभाको झिंगड़ी टोलमा आयोजित एआईएमआईएमको सभामा नेताहरूको भाषण भइहेको थियो। यसै क्रममा एआईएमआईएम जिल्लाध्यक्ष दानिश अजिजमाथि ढुङ्गा र अण्डाले प्रहार गरियो। यस घटनााई लिएर अजिजले तृणमूललाई जिम्मेवार ठहराउँदै भने, यस्तो कार्य गरेर उनले एआईएमआईएमको बढ़्दो कदमलाई रोक्न सक्दिनन्।एआईएमआईएमले पश्चिम बंगालका जनताको हितमा काम गर्नेछ र गरिरहनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा