खड़गपुरमा नाबालिकसित यौन उत्पीड़न गरेको आरोपमा भाजपा नेता पक्राउ
खड़गपुरमा नाबालिकसित यौन उत्पीड़न गरेको आरोपमा भाजपा नेता पक्राउ


खड़गपुर, 13 दिसम्बर(हि.स.)। पश्चिम मेदिनीपुर जिल्लाको खड़गपुरमा नाबालिकसित यौन उत्पीड़न गरेको आरोपमा भारतीय जनता पार्टी (भाजपा)-का एकजना नेतालाई पुलिसले पक्राउ गरेको छ। पक्रा पर्ने आरोपीको नाम दीपसोना घोष हो जो खड़गपुर शहरमा भाजपाको पूर्व मण्डल अध्यक्ष रहिसकेको छ। यस घटनापछि जिल्लाका भाजपा नेतृत्वहरू असहज स्थितिमा परेका छन्।

पुलिस सूत्र अनुसार दीपसोना घोषमाथि भारतीय न्याय संहिताको धारा 329(4), 115(2) तथा पोक्सो अधिनियम सहित केही धाराहरूमा मामिला दर्ता गरिएको छ। खड़गपुर टाउन थाना पुलिसले सम्पूर्ण मामिलाको जाँच गरिरहेको छ।

गए शुक्रवार अबेर राति जिल्ला पुलिसको एक सूत्रले बतायो, आरोपीविरूद्ध अदालतमा सिकायत दर्ता गरिएको थियो। सोही सिकायतको आधारमा खडगपुर टाउन थानाका प्रभारी पार्थसारथी पालको नेतृत्वमा पुलिस टीमले खड़गपुर शहरको सुभाषपल्ली क्षेत्रबाट दीपसोना घोषलाई पक्राउ गऱ्यो। उसलाई मिदनापुर अदालतमा पेश गरियो जहाँबाट न्यायाधीशले उसलाई पुलिस हिरासतमा राख्ने आदेश दिए।

यस घटनालाई लिएर राजनीतिक जगतमा चर्को प्रतिक्रिया देखिँदैछ। स्थानीय तृणमूल कंग्रेस नेतृत्वले यस मामिलालाई लिएर भाजपामाथि चर्को हमला गऱ्यो। तृणमूलका मिदनापुर संगठनात्मक जिल्ला अध्यक्ष सुजय हाजराले भने, भाजपा नेताहरूबाट योभन्दा राम्रो आचरणको आशा गर्न सकिँदैन, स पार्टीका मानिसहरूले महिलाहरूलाई सम्मान गर्न जान्दैनन्।

स्थानीय एक जना भाजपा नेताले बताए, दीपसोना घोषलाई पहिला पनि पार्टीकी एकजना महिला कार्यकर्ताको सिकायतमा पक्राउ गरिएको थियो। त्यसबेला पनि महिलासित उत्पीड़न गरेको आरोप लागेको थियो।

स्थानीय सूत्र अनुसार आरोपी नेता वर्ष 2017 देखि राजनीतिमा द्रूत गतिमा उदाएको थियो। भाजपाका विभिन्न बैठक तथा ऱ्यालीहरूमा उसलाई अग्रिम पंक्तिमा देखिन्थ्यो र पछि मण्डल अध्यक्ष पनि भयो। आरोप छ, पार्टी सूत्रको माध्यमबाट उ एकजना विवाहिताको सम्पर्कमा आयो र यसै वर्षको गत अक्टोबर महिनामा ती महिलाकी नाबालिक छोरीसित यौन उत्पीड़न गरेको आरोप दीपसोना घोषमथि लाग्यो जसको आधारमा पुलिसले कारबाही गर्दै उसलाई पक्राउ गऱ्यो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande