
कोकराझार (असम), 13 दिसम्बर (हि.स.)। अखिल भारतीय मारवाड़ी सम्मेलन अन्तर्गत पूर्वोत्तर प्रदेशीय मारवाड़ी सम्मेलन (पूप्रमास)-को तेस्रो प्रान्तीय कार्यकारिणी बैठक 14 दिसम्बरमा गोसाई गाउँस्थित मारवाड़ी धर्मशालामा आयोजना भइरहेको छ। यस महत्वपूर्ण बैठकको आयोजन मारवाड़ी सम्मेलन, गोसाई गाउँ शाखाको आतिथ्यमा गरिँदैछ।
प्रान्तीय स्तरको यस कार्यकारिणी बैठकमा उत्तर-पूर्व क्षेत्रका विभिन्न राज्यहरूबाट सम्मेलनका पदाधिकारी, प्रतिनिधि एवं सदस्यगण सामेल हुनेछन्। बैठकमा संगठनका गतिविधिहरूको समीक्षा, भावी कार्यक्रमहरूको रूपरेखा, सामाजिक, शैक्षणिक एवं सांस्कृतिक विकाससित सम्बन्धित विषयहरूमाथि विस्तार पूर्वक चर्चा गरिने सम्भावना छ। यसको साथै संगठनलाई अझ बढ़ी सशक्त अनि जनोपयोगी बनाउनको लागि महत्वपूर्ण निर्णयहरू लिइनेछ।
उल्लेखनीय छ, पूर्वोत्तर प्रदेशीय मारवाड़ी सम्मेलनको यो तेस्रो प्रान्तीय कार्यकारिणी बैठकलाई संगठनात्मक दृष्टिले अत्यन्त महत्वपूर्ण मानिँदैछ जसबाट क्षेत्रमा मारवाड़ी समाजको सामाजिक समन्वय, सेवा कार्य औ विकासात्मक गतिविधिहरूले नयाँ दिशा पाउने आशा छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा