
कोलकात, 13 दिसम्बर (हि.स.)। पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यानर्जीले शनिवार सोशल मीडिया प्लेटफर्म एक्समा एउटा पोस्टको माध्यमबाट बंगला साहित्यका महान हाँस्य लेखक शिवराम चक्रवर्तीलाई उनको जयन्तीमा श्रद्धाञ्जली अर्पण गरे।
आफ्नो पोस्टमा ममता ब्यनर्जीले लेखिन्, बंगला साहित्यका अद्वितीय हाँस्य रसका जादूगर, शिबराम चक्रवर्तीको जन्मवार्षिकीमा उनलाई मेरो हार्दिक श्रद्धाञ्जली।
शिवराम चक्रवर्तीलाई बंगला साहित्यमा हाँस्य र व्यंग्य विधाका सबैभन्दा प्रसिद्ध लेखकहरूमध्ये एक मानिन्छ। उनका रचनाहरू आज पनि बंगाली पाठकहरूबीच अत्यन्त लोकप्रिय छन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा