मणिपुरमा खोजी अभियान अवधि भेटियो हतियार र विस्फोटकहरू
मणिपुरमा खोजी अभियान अवधि भेटियो हतियार र विस्फोटकहरू


इम्फाल, 13 दिसम्बर (हि.स.)। मणिपुरका विभिन्न जिल्लाहरूका सीमावर्ती औ संवेदनशील क्षेत्रहरूमा सुरक्षा बलहरूद्वारा संचालित अभियान अवधि चुराचाँदपुर जिल्लामा हतियार अनि गोला-बारूदहरूको भण्डार नै भेटिएको छ।

पुलिस प्रवक्ताले शनिवार बताए, गए 12 दिसम्बरको दिन मणिपुर पुलिसले चुराचाँदपुर थाना अन्तर्गत खुगा ड्याम क्षेत्रबाट एउटा स्थानीय रूपमा निर्मित .303 राइफल, विभिन्न प्रकारका कारतूस औ एउटा इम्प्रोभाइज्ड मोर्टर जफत गऱ्यो। जफत गरिएका अन्य सामग्रीहरूमा क्रमैले तीन वटा पेस्तोल म्यागजिन, 51 मिमी मोर्टर स्मोक बम, एउटा स्टन ग्रेनेड, चार वटा इम्प्रोभाइज्ड विस्फोटक, दुई वटा बाओफेंग ह्याण्ड-हेल्ड वायरलेस सेट, दुई वटा हेलमेट, 12 बोरको एउटा कारतूस बेल्ट, अलग-अलग क्यालिबरको 12 राउण्ड, दुई वटा एम्युनिशन क्लिप तथा म्यागजिन औ पेस्तोल पाउचले सुसज्जित एउटा ट्याक्टिकल बेल्ट सामेल छन्।

अधिकारीहरूले बताए, राज्यमा शान्ति तथा कानून-व्यवस्थालाई कायम राख्ने उद्देश्यले गहन अभियान लगातार जारी छ। जफत गरिएका हतियार अनि विस्फोटकहरूको श्रोत तथा यसको सम्भावित उपयोगलाई लिएर अग्रिम जाँच गरिंदैछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande