
नयाँ दिल्ली, 13 दिसम्बर (हि.स.)। दिल्लीकी मुख्यमन्त्री रेखा गुप्ता शनिवार उपराज्यपाल विनय कुमार सक्सेनासित यशोभूमिमा आयोजित नेताजी सुभाष यूनिभर्सिटी अफ टेक्नोलजी (एनएसयूटी)- को तृतीय दीक्षान्त समारोहमा सामेल भइन्।
यस अवसरमा मुख्यमन्त्री रेखा गुप्ताले सबै युवाहरूलाई बधाई तथा उज्जवल भविष्यको लागि शुभकामना दिइन्। उनले भनिन्, नेताजी सुभाष यूनिभर्सिटी अफ टेक्नोलजी नवाचार, नेतृत्व औ राष्ट्रनिर्माणको एउटा प्रयोगशाला हो। यहाँबाट निक्लेका युवाहरूले आफ्नो प्रतिभा र परिश्रमले देशको प्रगतिमा निर्णायक भूमिका निर्वाह गर्नेछन् भन्ने अपेक्षा र विश्वास छ।
मुख्यमन्त्रीले भनिन्, प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा भारतले डिजिटल इण्डिया, आत्मनिर्भरता औ स्टार्टअप संस्कृतिको माध्यमबाट युवाहरूको लागि नयाँ अवसरहरूको द्वार खोलिदिएका छन्। नवाचार आज विचार मात्र होइन, नीति र प्राथमिकता बनिसकेको छ। यसै भिजन अनुरूप दिल्ली सरकारले पनि कौशल, तकनिक, अनुसन्धान तथा उद्यमितालाई प्रेरणा दिनको लागि ठोस कदम उठाइरहेको छ ताकि राजधानीका युवाहरू वैश्विक प्रतिस्पर्धामा अग्रणी बनुन्।
समारोहमा दिल्लीका शिक्षा मन्त्री आशिष सूद तथा विश्वविद्यालयको प्रोफेसर औ अधिकारीहरू पनि उपस्थित थिए।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा