रेड जोन पाँशकुड़ामा सबमर्सिबल पम्पमाथि विवाद, जल परियोजनाको गतिमाथि प्रश्न
रेड जोन पाँशकुड़ामा सबमर्सिबल पम्पमाथि विवाद, जल परियोजनाको गतिमाथि प्रश्न


पश्चिम मेदिनीपुर, 13 दिसम्बर (हि.स.)। पश्चिम बंगालको पूर्व मेदिनीपुर जिल्लाको पाँशकुड़ा नगरलाई भूगर्भस्थ जल भण्डारणको दृष्टिले रेड जोनको रूपमा चिन्हित गरिएको छ। यहाँ प्रत्येक वर्ष गर्मी याममा पिउने पानीको भयानक संकट देख्न पाइन्छ। दुई दशकभन्दा अधिक पुरानो यस नगरमा जल समस्या प्रमुख मुद्दा रहिआएको छ। त्यसैले जल संकटको समाधानार्थ पाँशकुड़ा नगरपालिका क्षेत्रमा एक महत्वाकांक्षी जल परियोजनालाई स्वीकृत गरिएको छ जसको कार्य प्रगतिमा छ।

यसैबीच मुख्यमन्त्री ममता ब्यनर्जीद्वारा शुरू गरिएको ‘हमारा पाड़ा, हमारा समाधान’ परियोजना अन्तर्गत नगरका विभिन्न वार्डहरूमा ठूलो संख्यामा सबमर्सिबल पम्प जड़ान गरिँदैछ। यसलाई लिएर राजनीतिक तथा नागरिक स्तरमा विवाद शुरू भएको छ। विरोधीहरूको आरोप छ, रेड जोन क्षेत्रमा लगातार सबमर्सिबल पम्प जड़ान गर्नाले भविष्यमा जल संकट अझ गहिरिनसक्छ।

पाँशकुड़ा नगरपालिकामा 18 वटा वार्ड छ। जानकारी ्नुसार यस परियोजना अन्तर्गत प्रत्येक वार्डबाटै सबमर्सिबल पम्प जड़ान गर्ने आवेदन आएको थियो जसमध्ये अधिकांशलाई स्वीकृत गरिसकिएको छ। स्वीकृति पश्चात सम्पूर्ण नगर क्षेत्रमा नयाँ पम्प जड़ान गर्ने कार्य शुरू गरिएको छ।

अर्कोतिर राज्यको नगर विकास विभागले पाँशकुड़ामा व्याप्त जल समस्याको स्थायी समाधानको लागि ‘अद्भुत’ जल परियोजनालाई स्वीकृति दिएको छ। यस परियोजना अ्न्तर्गत कालाघाटको रूपनारायण नदीबाट पानी शोधन गरेर सम्पूर्ण शहरमा आपूर्ति गरिनेछ।परियोजनाको पहिलो चरणमा 115 कड़ोर रुपियाँ स्वीकृत गरिएको छ भने दोस्रो चरणमा 85 कड़ोर रुपियाँ दिइने योजना छ। पानी शोधन सम्यन्त्र स्थापित गर्नको लागि भूमि विभागले हालैमा उत्तर मेचग्राम मौजामा 3.04 एकड़ जमीन नगरपालिकालाई सुम्पिएको छ।

नगरको एक वर्गको भनाइ छ, नयाँ सबमर्सिबल पम्प जड़ान गर्नको सट्टा यसै विराट जल परियोजनालाई शीघ्र शुरू गर्नुपर्छ। पाँशकुड़ाका पूर्व पार्षद एवं भाजपा नेता सिन्टु सेनापतिले आरोप लगाए, केन्द्र सरकारद्वाता वित्तपोषित जल परियोजनालाई प्राथमिकता नदिएर सरकारी धनको दुरूपयोग गरिँदैछ। उनको भनाइ छ, जमीनमुनि पर्याप्त जल नै छैन भने सबमर्सिबल पम्प जड़ान गर्नुको के औचित्य।

यता पाँशकुड़ाका पूर्व चेयरपर्सन नन्दकुमार मिश्रले भने, नगरवासीहरूको मागमै सबमर्सिबल पम्प जड़ान गरिँदैछ र यसको उद्देश्य तात्कालिक जल संकटबाट राहत दिनु हो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande