
पुरुलिया, 13 दिसम्बर (हि.स.)। पिउने पानी कुनै पनि समाजको मूल आवश्यकता हो, तर पुरूलिया जिल्लामा आज पनि यो बुनियादी सुविधा अधुरै छ। केन्द्र सरकारको महत्वाकांक्षी जल जीवन मिशन योजना अन्तर्गत जिल्लाका लगबग 3.67 लाख ग्रामीण परिवारहरूसम्म नलको माध्यमबाट पानी पुऱ्याउने लक्ष्य राखिएको थियो। तर अहिलेसम्ममा मात्र लगभग 1.78 परिवारसम्म मात्र यो योजनाको लाभ पुगेको छ भने रहल परिवारहरूले अहिले पनि पानीको लागि संघर्ष गरिरहेका छन्।
योजनालाई क्रियान्वयन गर्ने जिम्मेवारी राज्यको जनस्वास्थ्य अभियन्त्रण विभागको हो, तर धरातलीय वास्तविकता निराशाजनक छ। केही गाउँहरूमा पाइपलाइन बिछाइएको भए पनि जलापूर्ति शुरू भएको छैन। कतै ट्याङ्की बनाएर तयार भएको छ, तर पानी आएको छैन त कतै काम अधुरै छोड़िएको छ। स्थानीय मानिसहरूको आरोप छ, निम्न स्तरको निर्माण, ठेकेदारहरूको अनियमितता तथा प्रशासनिक उदासीनताको कारणले परियोजनाले गति समात्न सकिरहेको छैन। आज पनि गर्मीको मौसममा महिलाहरूलाई केही किलोमीटर टाड़ा पुगेर पानी ल्याउनुपर्छ जसको प्रभाव स्वास्थ्य अनि बाल-बालिकाहरूको शिक्षामा पनि परिरहेको छ।
पुरुलियाका भाजपा सांसद ज्योतिर्मय सिंह महतोले संसदमा यस मुद्दालाई कैयौं पटक उठाइसकेका छन् र राज्य सरकारको भूमिकामाथि प्रश्न उठाएका छन्। तर आम मानिसहरूको भनाइ छ, संसदमा आवाज उठाउनु मात्र पर्याप्त होइन। उनीबाट आशा गर्न सकिन्छ कि उनले जिल्ला प्रशासनसित समन्वय गरेर धरातलीय स्तरमा निगरानी गरून् अनि समयबद्ध ढंगमा काम पूरा गर्नमा सक्रिय भूमिका निर्वाह गरून्।
यस सम्बन्धमा स्थानीय समाजसेवी शेखर महतोले भने, जल जीवन मिशनलाई लिएर कागजमा ठूल्ठूला योजनाहरू देखाइँदैछ, तर गाउँको वास्तविकता त्यसको विपरीत छ। प्रशासन र जनप्रतिनिधिहरूको आपस्तको तानातानको परिणाम आम ग्रामीणहरूले भोग्न परिरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा