
कोलकाता, 13 दिसम्बर (हि.स.)। पश्चिम बंगालमा चलिरहेको विशेष गहन पुनरीक्षण (एसआईआर) अन्तर्गत गणना चरण पूरा भएपछि आएको आँकड़ाले राजनीतिक जगतमा भुइँचालो ल्याइदिएको छ। भनिन्छ, तृणमूल कंग्रेसका दिग्गज नेताहरूले प्रतिनिधित्व गर्दै आएका विधानसभा क्षेत्रहरूबाट हटाइने मतदाताहरूको संख्या अपेक्षाकृत अधिक छ। यसको विपरीत भाजपा विधायक रहेका विधानसभा क्षेत्रहरूबाट नाम काटिने मतदाताहरूको संख्या कम रहेको बताइन्छ।
कोलकाताको भवानीपुर विधानसभा क्षेत्रमा जहाँबाट मुख्यमन्त्री ममता ब्यानर्जी विधायक छन्, 44 हजार 787 मतदाताहरूलाई हटाउने योग्यको रूपमा चिन्हित गरिएको छ। दक्षिण कोलकाता संलग्न कोलकाता पोर्ट विधानसभा क्षेत्रमा यो आँकड़ा अझ बढ़ी छ। यहाँबाट विधायक तथा राज्यका नगर मामिला एवं शहरी विकास मन्त्री साथै कोलकाताका मेयर फिरहाद हकिम रहेका छन्। यस क्षेत्रमा 63 हजार 730 जना मतदाताहरू हटाउने योग्यको रहेको बताइएको छ।
दक्षिण 24 परगना जिल्लाको बेहाला पश्चिम विधानसभा क्षेत्रमा यो संख्या 52 हजार 247 छ। यस सीटबाट पूर्व शिक्षा मन्त्री औ तृणमूल कंग्रेसका महासचिव पार्थ च्याटर्जी विधायक छन्। उत्तर 24 परगना जिल्लाको दमदम उत्तर विधानसभा क्षेत्रमा 33 हजार 912 तथा दमदम विधानसभा क्षेत्रमा 33 हजार 862 मतदाता हटाने योग्य पाइएको छ। दक्षिण कोलकाताको टलीगञ्ज विधानसभा क्षेत्रमा यो संख्या 35 हजार 309 रहेको छ। यी क्षेत्रहरूबाट क्रमशः राज्यकी वित्त राज्य मन्त्री चन्द्रिमा भट्टचार्य, शिक्षा मन्त्री ब्रात्य बसु र बिजुली मन्त्री अरूप विश्वास विधायक छन्
अर्कोतिर पूर्व मेदिनीपुर जिल्लाको नन्दीग्राम विधानसभा क्षेत्रमा यो आँकड़ा धेरै कम छ। यहाँबाट विधानसभामा नेता प्रतिपक्ष तथा भाजपा विधायक शुभेन्दु अधिकारी चुनिएका छन्। नन्दीग्राममा मात्र 10 हजार 599 मतदाता हटाउने योग्यको बताइएको छ।
उत्तर बंगालमा पनि भाजपाशासित क्षेत्रहरूमा यो संख्या अपेक्षाकृत कम रहेको छ। दार्जीलिङ जिल्लाको सिलगढ़ी विधानसभा क्षेत्रमा जहाँ भाजपाका मुख्य सचेतक शंकर घोष विधायक छन्, 31 हजार 181 मतदाता हटाउने योग्यको रहेको छ। उत्तर दिनाजपुर जिल्लाको बालुरघाट विधानसभा क्षेत्रमा जहाँबाट भाजपा विधायक औ केन्द्र सरकारका पूर्व मुख्य आर्थिक सल्लाहकार अशोक कुमार लाहिड़ी चुनिएका छन्, यो संख्या 11 हजार 219 दर्ता गरिएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा