बंगालमा एसआईआरलाई लिएर सुरक्षाको माग, विशेष रोल पर्यवेक्षकहरूले मागे केन्द्रिय बलहरूको सुरक्षा
बंगालमा एसआईआरलाई लिएर सुरक्षाको माग, विशेष रोल पर्यवेक्षकहरूले मागे केन्द्रिय बलहरूको सुरक्षा


कोलकाता, 13 दिसम्बर (हि.स.)। पश्चिम बंगालमा भइरहेको विशेष गहन पुनरीक्षण (एसआईआर)-को निम्ति तैनाथ विशेष रोल पर्यवेक्षकहरूले फिल्ड ड्यूटी अवधि सुरक्षालाई लिएर चिन्ता व्यक्त गरेका छन्। निर्वाचन आयोगद्वारा नियुक्त यी पर्यवेक्षकहरूले आफ्नो सुरक्षाको निम्ति केन्द्रिय सशस्त्र पुलिस बललाई तैनाथ गर्नुपर्ने माग गरेका छन्।

राज्यको मुख्य चुनाउ अधिकारी (सीईओ) कार्यालयका एक जना वरिष्ठ अधिकारीले शनिवार यस आशयको जानकारी गराए। उनले बताए, पश्चिम बंगालको सीईओ कार्यालयद्वारा यस सम्बन्धमा नयाँ दिललीस्थित निर्वाचन आयोग मुख्यालयलाई औपचारिक अनुरोध पठाइएको छ।

विशेष रोल पर्यवेक्षकहरूको भनाइ यो पनि छ, यदि केन्द्रिय बलको कभर उपलब्ध गराउनु समम्भव भएन भने उनीहरूलाई मेजिस्ट्रेटी अधिकार दिइयोस्। यसको अर्थ हो, उनीहरूसित तैनाथ सुरक्षा बलले उनीहरूको निर्देशलाई पालन गरुन्, राज्य पुलिसले उनीहरूको सुरक्षा व्यवस्थाको जिम्मेवारी सम्हाल्नेछ।

मुख्य निर्वाचन अधिकारी कार्यालयका एकजना वरिष्ठ अधिकारी अनुसार दुवै वैकल्पिक सुझाउ आयोगले मुख्यालयलाई पठाएको छ। यो कदम यस्तो समयमा उठाइएको छ जतिबेला गत बिहीवार दक्षिण 24 परगना जिल्लामा विशेष गहन पुनरीक्षणको निगरानी अवधि आयोगद्वारा नियुक्त विशेष रोल पर्यवेक्षक सी. मुरूगनलाई विरोधको सामना गर्न परेको थियो। जिल्लाको फलता क्षेत्रमा तृणमूल कंग्रेसका महिला समर्थकहरूले विरोध प्रदर्शन गरेका थिए।

यसैबीच विशेष रोल पर्यवेक्षकले निर्वाचन आयोगसित यो पनि अ्नुरोध गरेका छन्, नदिया जिल्लाको कृष्णनगरमा आयोजित एसआईआर विरोध ऱ्यालीमा मुख्यमन्त्री ममता ब्यनर्जीको बयानको समीक्षा गरियोस्। पर्यवेक्षकहरूको आरोप छ, मुख्यमन्त्रीले आफ्नो भाषणमा महिला मतदाताहरूलाई मतदाता सूची संशोधनसित सम्बन्धित अधिकारीहरू विरूद्ध उक्साएकी छन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande