
कोलकाता, 13 दिसम्बर (हि.स.)। सेतुको लोड टेस्टिंग गर्नको लागि शनिवार 13 दिसम्बरदेखि आगामी 16 दिसम्बर मंगलवारसम्म तारातला फ्लाइओभरलाई बन्द राखिनेछ। लोक निर्माण विभाग तथा कोलकाता पुलिसद्वारा अधिसूचना जारी गरी यस आशयको जानकारी गराइएको छ।
अधिसूचना अनुसार शनिवार अपरान्ह 3:30 बजीदेखि सेतुलाई बन्द राखिनेछ। काम आगामी 16 दिसम्बरको राति 11:59 बजीसम्म हुनेछ। यस अवधिभरि तारातला फ्लाइओभरलाई बन्द राखिनेछ। यातायात पुलिसद्वारा काम शुरू भएपछि वाहन चालकहरूलाई तारातला क्रसिंगदेखि बचेर हिँड़्न भनिएको छ।
फ्लाइओभर बन्द रहेको समयमा वैकल्पिक मार्गलाई प्रयोग गर्ने सल्लाह पुलिसले दिएको छ। बेहालादेखि अलिपुरतर्फ जाने वाहनहरूलाई करूणामयी सेतु भएर आवागमन गर्ने सल्लाह दिइएको छ। अलिपुरदेखि बेहालातर्फ जाने वाहनहरूलाई दुर्गापुर सेतु, हाइड रोड र न्यू अलिपुर भएर जान भनिएको छ।
अब संरचनात्मक सुरक्षा सुनिश्चित गर्नको लागि सेतुको लोड टेस्टिंग गरिँदैछ। यस परीक्षणको लागि 4 दिनसम्म फ्लाइओभरलाई पूर्ण रूपले बन्द राखिँदैछ। यो परीक्षण सेतुको मजबुती र सुरक्षा जाँच्नको लागि आवश्यक रहेको अधिकारीहरू बताउँछन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा