बिरेन्द्र प्रसादले भने, आफ्नो अधिकार खोजेको हो सीओआई र सिक्किम सब्जेक्ट होइन
बिरेन्द्र प्रसाद


गान्तोक, 13 दिसम्बर (हि.स.)। सिक्किम बिहारी जागरण मञ्चको स्थापना दिवस समारोहमा राखेका वक्तव्यपछि विवादको घेरामा परेका बिरेन्द्र प्रसादले आफ्नो स्पष्टीकरण दिएका छन्। यसैगरी, उनले सिक्किमीज मूलवासी सुरक्षा संघका अध्यक्षले गलत तथ्य जनता समक्ष राखेर उनको ज्यानलाई जोखिममा पार्ने काम गरेको पनि आरोप लगाएका छन्।

उल्लेख्य, बिरेन्द्र प्रसादले हालैमा रानीपुल छेउ सरम्सा गार्डनमा सम्पन्न भएको सिक्किम बिहारी जागरण मञ्चको 32औं स्थापना दिवस समारोहमा आफ्नो सम्बोधन राख्दै सिक्किमका बिहारी समुदायहरूको कथित हितमा कतिपय मागहरू राखेका थिए। उनले राखेका मागहरूलाई सिक्किम विरोधी ठहर गर्दै उनको चौतर्फी विरोध शुरू भएको छ। यसपछि, मञ्चले समेत उनलाई निष्कासित गरेको कुरा अघि आएको छ।

यी विषयहरूमाथि बोल्दै राजधानीमा आज आयोजित एक पत्रकार सम्मेलनमा बिरेन्द्र प्रसादले उनको बयानलाई सामाजिक सञ्जालमा छॉंटकॉंट गरेर आफूलाई नराम्रो देखाउने प्रकारले प्रस्तुत गरिएको भन्दै उनको आफ्नो फेसबुक पेजमा अपलोड गरिएको पूरा भिडियो हेरिदिन अनुरोध गरे। उनले एक लोकतान्त्रिक देशका नागरिकको हेसियतमा सरकार समक्ष आफ्ना अधिकारका कुराहरू राखेको र आफूले कहिल्यै पनि सीओआई अथवा सिक्किम सब्जेक्टको माग नगरेको दाबी गरे।

सिक्किमीज मूलवासी सुरक्षा संघका अध्यक्ष रत्नलाल सापकोटाले आफूमाथि मनगढ़न्त आरोपहरू लगाएको र उनले लगाएका आरोपहरूका कारण उनको ज्यान जोखिममा परेको बताए। उनले आफूमाथि कुनै प्रकारको अप्रिय घटना घटेको खण्डमा यसको जिम्मेवार सापकोटा हुने पनि बताए। यस अतिरिक्त, उनले सापकोटाको चरित्रमाथि औंला उठाउॅंदै सापकोटाले उनको लाखौं रूपियॉं डुबाइदिएको पनि आरोप लगाए। उनले आफ्नो पैसा फिर्ता नपाए सापकोटामाथि कानूनी कारबाही गर्ने चेताउनी पनि दिए।

यस अतिरिक्त, प्रसादले मञ्चका कतिपय सदस्यहरूले लगाएका आरोपहरूको पनि खण्डन गरे। उनले स्थापना दिवस समारोहको कार्यक्रम सूची अगावै तयारी भइसकेको थियो भने समारोहमा जबरजस्ती गरेर बोलेको हो भन्ने आरोप असत्य रहेको बताए। उनले मञ्चका कतिपय सदस्यहरूको राजनीतिक आकांक्षा पूरा नभएपछि आफूलाई तार्गेट गरिएको पनि उनले दाबी गरेका छन्।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande