
आसनसोल, 13 दिसम्बर (हि.स.)। पश्चिम बंगालमा नेता प्रतिपक्ष शुभेन्दु अधिकारीको प्रस्तावित जमुरियाको राजनीतिक माहोल तनाउपूर्ण भएको छ। जामुड़ियाको चिचुरिया ग्राम पञ्चायत अन्तर्गत चिचुरिया डंगालपाड़ा क्षेत्रमा बालुवा लादिएको ट्रकको चपेटमा परी भाजपा कार्यकर्ता पगला गोपको मृत्यु भयो। यो घटना गए राती 10 बजी भएको हो।
मृतकको परिवार तथा स्थानीय मानिसहरू अनुसार घटनापछि पुलिस शवलाई लिन घटनास्थलमा पुग्दा स्थानीय मानिसहरूले क्षतिपूर्तिको मागमा विरोध गर्न शुरू गरे। क्षणभरमै स्थिति तनाउपूर्ण भयो। आरोप छ, यस अवधि आक्रोशित भीड़ र पुलिसबीच झड़पपनिभयो। स्थिति यहाँसम्म पुग्यो कि पुलिसमाथि ईँटा-ढुङ्गाले प्रहार गरियो जसमा केही पुलिसकर्मीहरू घाइते भए। यतिमात्र नभएर पुलिस वाहनहरूमा आगो पनि लगाइयो। तथापि यस मामिलामा पुलिसद्वारा अहिलेसम्म कुनै आधिकारिक बयान जारी गरिएको छैन।
घटनाको विरोधमा भाजपा कार्यकर्ताहरूले रानीगञ्जदेखि सिउड़ी जाने राष्ट्रिय राजमार्ग-60 लाई जाम गरिदिए अनि सड़कमा बसेर विरोध प्रदर्शन गरे। सूचना पाउएर भाजपाको एक प्रतिनिधिमण्डल पनि घटनास्थलमा पुग्यो जसले घटनाको कड़ा निन्दा गऱ्यो।
प्रदर्शन अवधि मृतककी पत्नी, भाजपा नेता कृष्णेन्दु मुखर्जी औ भाजपा जिल्ला अध्यक्ष देबतनु भट्टचार्यले सम्पूर्ण मामिलाको निष्पक्ष जाँच गर्ने माग गरे। शनिवार पनि क्षेत्रमा ठूलो संख्यामा पुलिस बललाई तैनाथ गरिएको छ। स्थितिलाई नियन्त्रण गर्ने प्रयास जारी छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा