बीएसएफले तस्करीको ठूलो प्रयास विफल पाऱ्यो, लगभग 1.4 करोड़ रूपियाँको सुन जफत
बीएसएफले तस्करीको ठूलो प्रयास विफल पाऱ्यो, लगभग 1.4 करोड़ रूपियाँको सुन जफत


सिलगढ़ी, 13 दिसम्बर (हि.स.)। उत्तर बंगाल सीमान्तको सिलगढ़ी सेक्टरमा तैनाथ सीमा सुरक्षा बल (बीएसएफ) का जवानहरूले सुनको तस्करीको एक ठूलो प्रय़ासलाई विफल पारेका छन्। कारबाहीमा लगभग 1.4 करोड़ रूपियाँ मूल्यको सुन जफत गरिएको छ।

बीएसएफले शनिवार एक आधिकारिक विज्ञप्तिमा यसको जानकारी दियो। बीएसएफका अनुसार, सैनिकहरूले रातो हिरो स्प्लेन्डर मोटरसाइकलमा नम्बर प्लेट नभएको शंकास्पद गतिविधि देखे। जब उनीहरूले मोटरसाइकल रोक्न खोजे मोटरसाइकल सवार व्यक्तिले उनीहरूमाथि आक्रमण गर्ने प्रयास गऱ्यो। आत्मरक्षामा सैनिकहरूले स्टन ग्रेनेड प्रयोग गरे, जसले तस्करलाई तर्सायो र धुलो र धुवाँको फायदा उठाएर घटनास्थलबाट भाग्यो।

घटनास्थलबाट एउटा मोटरसाइकल र कालो ज्याकेट जफत गरियो। विस्तृत खोजीको क्रममा खैरो टेपमा बेरिएको दुई प्याकेटहरू भेटियो, जसमा आठ सुनका बिस्कुट (ओजन 928 ग्राम) फेला पर्यो। बरामद गरिएको सुनको अनुमानित मूल्य ₹19 लाख 71 हजार 200 रूपियाँ मापिएको छ। जफत गरिएका सबै वस्तुहरूको कूल मूल्य लगभग ₹1.4 करोड़ बताइएको छ।

बीएसएफले जफत गरिएको सामग्रीलाई अग्रिम जाँचको निम्ति डीआरआई सिलगढ़ीलाई सुम्पेको छ। बीएसएफ अधिकारीहरूले भने, सीमामा प्रतिबन्धित वस्तुहरूको तस्करी रोक्न बल पूर्ण रूपमा प्रतिबद्ध छ र त्यस्ता कारबाहीहरू जारी रहनेछन्।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande