
गेजिङ, 13 दिसम्बर (हि.स.)। देन्ताम खेल मैदानमा दोस्रो एमएलए च्याम्पियन्स ट्रफी 2025 शुरू भएको छ। उद्घाटन समारोहको रूपमा डीसी एकादश सोरेङ र डीसी एकादश गेजिङबीच एक प्रदर्शनी क्रिकेट म्याच खेलाइयो। यस प्रदर्शनी म्याचमा डीसी एकादश गेजिङले प्रतिद्वन्दी दललाई पराजित गऱ्यो।
प्रदर्शनी म्याचपछि ट्रफी अनावरण समारोह सम्पन्न गरियो। टुर्नामेन्ट ट्रफीको प्रायोजन यवन खुलाल र परिवारले स्वर्गीय हरिमाया खुलालको स्मृतिमा गरेका हुन्। यसपछि, सुखिम ग्राफिक्स र इन्टेक बोइजबीच प्रतिस्पर्धात्मक खेल सम्पन्न भएको देन्ताम क्रिकेट एसोसिएशनले प्रेस विज्ञप्तिमा जानकारी गराएको छ।
यस अवसरमा मुख्य अतिथिका रूपमा उपस्थित ग्रामीण विकास विभागका ओएसडी कृष्ण लेप्चाले खेलाड़ीहरूसॅंग अन्तरक्रिया गरेका थिए। उनले आफ्नो सम्बोधनमा खेलाड़ीहरूलाई खेल भावनालाई कायम राख्न आह्वान गरे। उनले तृणमूलस्तरमा खेलकुदलाई प्रवर्द्धन गर्न आयोजकहरूको प्रयासको सराहना गरे।
हिन्दुस्थान समाचार / बिशाल